Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

सेटिङमा महंगो औषधि भिडाउनेविरुद्व स्वास्थ्य मन्त्रीको एक्सन

Aricle TechBy Aricle Tech२०८० फाल्गुन १५, मंगलवार
Share
Facebook Twitter

काठमाडाैं : सरकारी अस्पतालका फार्मेसीहरूमा औषधि राखेर सर्वसुलभ ढङ्गले बिरामीलाई औषधि विक्रीबितरण नगरेर सेटिङमा बाहिरका फार्मेसीको महँगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुख विरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत भएका छन् ।

वीर अस्पतालका निर्देशकले अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर बिरामीलाई बाहिरका फार्मेसीको महँगो औषधि किन्न बाध्य बनाएको व्यापक गुनासो आएपछि स्वास्थ्य मन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मी सहितको टोली सहित फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा वीर अस्पतालको फार्मेसीमा उपलब्ध हुनु पर्ने औषधिको २० प्रतिशत औषधि माफ फेला परेको थियो ।

बाहिरका फार्मेसीहरूबाट सेटिङमा आर्थिक लाभ लिएर बिरामीलाई महँगोमा औषधि किन्न बाध्य बनाएको र टेन्डरमा नकिनेर सिधै औषधि खरिद गरेर नियम विपरीत काम गरेको पाइए पछि मन्त्री बस्नेतले वीरको नयाँ सर्जिकल भवन अगाडिको खाली ठाउँमा टहरा राखेर भए पनि अस्पतालको फार्मेसी चलाएर बिरामीलाई सर्वसुलभ ढङ्गले औषधि उपलब्ध गराउन निर्देशन दिएका थिए ।

त्यही दिन वीर अस्पताल वरिपरि रहेका निजी फार्मेसीहरुको अनुगमन गर्दा औषधि विभागमा दर्ता नभएका औषधि विक्री वितरण गरेको, मिति गुज्रिएका औषधि विक्री गरेको र अत्यधिक महँगोमा औषधि वितरण गरेको भेटिएपछि दुई वटा फार्मेसी सिल गरिएको थियो । सोमबार पनि स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनमा मन्त्रालय र औषधि विभागका महानिर्देशक सहितको टोलीले वीर अस्पतालको फार्मेसीको खरिद प्रक्रिया र कान्ति बाल अस्पतालको फार्मेसीको अनुगमन एवं निरीक्षण गरेको हो ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह, अतिरिक्त सचिव डा. टंक बारोकोटी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा वीर र कान्तिका फार्मेसी अनुगमन निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा वीर अस्पतालमा नियम विपरीत टेण्डर नै नगरि सेटिङमा औषधि खरिद हुने गरेको पाइएको छ ।

कान्ति बाल अस्पतालमा प्रयोग हुने औषधिको ८० प्रतिशत अस्पतालकै फार्मेसीमा रहेको पाइएको औषधि विभागका महानिर्देशक ढकालले जानकारी दिए । कान्तिको फार्मेसीमा जनशक्ति अभावका कारण समस्या भएको देखिएको ढकालले बताए ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.