काठमाडौं, १९ फागुन । राजधानीको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहकार्यमा बीएम टिबिपी फाउण्डेशन, डिल्ली गौतम स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा झापाको कन्काईमा बृहत दाँत तथा आँखा शिविर सम्पन्न भएको छ ।
बिहीवार र शुक्रवार झापाको कन्काई मावीमा भएको शिविरमा २ हजारजना भन्दा धेरै विद्यार्थीको आँखा र दाँत परीक्षण गरिएको थियो भने ७५ जना शिक्षक शिक्षिकालाई जाँच गरिएको कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।
कन्काई मावीको व्यवस्थापनमा भएको शिविरलाई केडिसी आई सेन्टर, मेची नेत्रालय लगायतले प्राविधिक सहयोग गरेका थिए ।
शिविरमा झापा क्षेत्र नं ४ का सांसद एलपी सावाँ लिम्बु, केडिसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ लगायत सहभागी भएका थिए ।