कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शनिबारदेखि छाडा कुकुरको बन्ध्याकरण गरिँन लागेको छ । पशु विकास शाखाको सङ्घीय सशर्त रेविज रोग नियन्त्रण कार्यक्रम अनुसार नगरपालिकाका मुख्य बजार क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गर्न लागिएको हो ।
तीन दिने शिविरमा पशु चिकित्सकहरुले छाडा कुकुरको बन्ध्याकरण गर्न लागेको नगरपालिकाले जनाएको छ । कुकुरको बन्ध्याकरण गर्ने कार्य सँगै रेविज विरुद्धको सुई लगाउने कार्य पनि भैरहेको बताइएको छ।