तनहुँ- तनहुँमा क्षयरोगबाट एक वर्षको अवधिमा १४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१मा क्षयरोगबाट सङ्क्रमित भएका आठ पुरुष र ६ महिला जना महिला गरी सो सङ्ख्यामा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।
चालु आर्थिक वर्षसम्म तीन सय २६ जना क्षयरोगी रहेको कार्यालयले जनाएको छ । बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । कार्यालय अनुसार व्यास नगरपालिकामा ९६, भानु नगरपालिकामा ४२, म्याग्दे गाउँपालिकामा १६, शुक्लागण्डकी नगरपालिकामा २६, भिमाद नगरपालिकामा २६, घिरिङ गाउँपालिकामा १६, ऋषिङ गाउँपालकामा ११ जना क्षयरोगी छन् ।

त्यस्तै, देवघाट गाउँपालिकामा ३१, बन्दीपुर गाउँपालिकामा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी छन् ।
जिल्ला भित्रका एक सय २८ वटा डट्स सेन्टरबाट क्षयरोगीहरुले निःशुल्क औषधी सेवन गरिरहेका छन् ।








