काठमाडौं : सुशील काेइराला प्रखर क्यान्सर अस्पताल खजुराकाे कार्यकारी प्रमुखमा डा प्रकाश प्रसाद शाह नियुक्त भएका छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाँदाजाँदै नियुक्त गरेका हुन् ।
उनलाई बस्नेतले आइतबार (२० गते) नियुक्त गरेको पत्रमा उल्लेख छ । तर, पत्र अर्को दिन सोमबारको मितिमा दिइएको छ ।