Aricle Tech

काठमाडौं : अब १०० शय्याका अस्पतालहरूले मेडिकल शिक्षाका दुईवटा कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन् । उनीहरुले प्रोफिसेन्सी सर्टिफिकेट लेभल इन नर्सिङ (पीसीएल) तथा बीएस्सी नर्सिङ (ब्याचलर) तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न पाउने भएका हुन् । चैत ९ गते चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले १०० बेडको अस्पताललाई पीसीएल नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो । बैठकले आयोगको कार्यविधिलाई संशोधन गरेर दुवै कार्यक्रम सञ्चालन गर्न दिने गरी निर्णय गरेको छ । आयोगका उपाध्यक्ष प्राडा अञ्जनी कुमार झाले १०० बेडका अस्पताललाई पीसीएल र स्नातक तहका नर्सिङका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने…

विस्तृतमा...

सिमकोट : हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए । हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई…

विस्तृतमा...

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । योसँगै प्रसाईँको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ । सरकारले सञ्चालनको अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुरामा क्षयरोगको संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्ला पाँच वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो । आर्थिक वर्ष २०७६/७७ मा ३ जना, आव ०७७/७८ मा ६, आव ०७८/७९ मा ३, आव ०७९/८० मा ७ र चालु आर्थिक वर्ष ०८०/८१ को फागुनसम्म ६ जना संक्रमतिकोको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग संक्रमतिको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए । क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए…

विस्तृतमा...

-डा. अरुणा उप्रेती मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब गर्छ नै, क्यान्सर समेत पैदा गराउन सक्छ भनेर विज्ञानले सिद्ध गरिसकेको छ । यस्ता मिठाइहरु प्रायः मैदा र चिनी बाट नै बनेको हुन्छन् । मेदा र चिनी दुबैको पौष्टिक तत्व हँदैन र यिनको धेरै प्रयोग बाट त शरीरमा पौष्टिक तत्वको कमि हुन जान्छ । शरीरमा पौष्टिक…

विस्तृतमा...

कपिलवस्तु : काभ्रो टिप्न रूखमा चढ्दा करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर स्थायी घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका–९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनका रुपमा कार्यरत ३३ वर्षीय देवराज देवकोटाको आइतबार काभ्रो टिप्न रुखमा चढेको बेला करेन्ट लागेर मृत्यु भएको हो। देवकोटा काभ्रो टिप्न भनेर रुखमा चढेको समयमा रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोएर करेन्ट लागेपछि रुखबाट भुइँमा खसेका थिए । त्यसपछि उनलाई उपचारका लागि भैरहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ । उनको शव पोष्टमार्टम गरिसकेपछि तुल्सीपुर पठाइने पनि तयारी गरिएको छ । देवकोटा नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगञ्ज…

विस्तृतमा...

बैतडी : बैतडीको मेलौली नगरपालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा मुद्धा दायर गरिएको छ ।१५ शैयाको अस्पताल निर्माणको  विषयमा पालिकाका बिरुद्ध मुद्धा दयार गरिएको हो ।  वडा नं १ को बिठ्ठेनाका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपूर अस्पतालकाविरुद्ध मुद्धा दायर गरेका हुन् । मेलौली नगरपालिकाले अस्पताल बनाउन नचाहेको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको जस्तो आयस देखिएको उल्लेख गर्दै मुद्धा दयार गरिएको छ । यसअघि पनि बिठ्ठेनामा अस्पताल बनाउन भन्दै मन्त्रालयले पत्र पठाएको भएपनि कुनै सुनुवाई नभएको हुनाले अस्पताल निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ ।  अदालतले नगरपालिका र केशरपुर अस्पतालका बिरुद्ध १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ…

विस्तृतमा...

‘डाउन सिन्ड्रोम’ जन्मजात हुने एउटा गम्भीर रोग हो । यसको लक्षण बच्चामा जन्मिनासाथ देखिन थाल्छन् । जानौं यो समस्या भएका बच्चामा कस्ता लक्षण देखिन्छन् ? सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीवेंशनको रिपोर्टअनुसार डाउन सिन्ड्रोम एउटा यस्तो परिस्थिति हो, जसमा व्यक्तिको शरीरमा अतिरिक्त क्रोमोजोम हुन्छ । आमरुपमा एउटा बच्चा ४६ क्रोमोजोमका साथ जन्म लिन्छ । डाउन सिन्ड्रोम भएको शिशुमा कुनै एक क्रोमोजोमको अतिरिक्त कपी हुन्छ । जो बच्चामा एक्स्ट्रा क्रोमोजोम हुन्छ, उसको शरीर र दिमागको विकासमा नराम्रो असर पर्दछ । यो स्थिति बच्चाका लागि मानसिक तथा शारीरिक दुवै प्रकारको चुनौतीको कारण बन्न सक्छ । डाउन सिन्ड्रोमबाट पीडित व्यक्ति हेर्दा त्यस्तो फरक…

विस्तृतमा...

काठमाडौं : कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल, चाबहिलमा उपचारको क्रममा आइतबार निधन भएको आफन्तले जानकारी दिएका छन् । शाहीको किड्नीमा समस्या आएसँगै चैत ६ गते राति ११ बजे बुटवलबाट काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याउनुभन्दा अगाडि उनकाे बुटवलको आम्दा अस्पतालमा उपचार भैरहेको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौंको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो । काठमाडौं ल्याउदा उनलाई बाटोमा स्वासप्रश्वासमा समस्या आएकोले उनको अवस्था नाजुक बनेकाे थियाे । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न…

विस्तृतमा...

सिमकोट : हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए । हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई…

विस्तृतमा...