‘डाउन सिन्ड्रोम’ जन्मजात हुने एउटा गम्भीर रोग हो । यसको लक्षण बच्चामा जन्मिनासाथ देखिन थाल्छन् । जानौं यो समस्या भएका बच्चामा कस्ता लक्षण देखिन्छन् ?
सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीवेंशनको रिपोर्टअनुसार डाउन सिन्ड्रोम एउटा यस्तो परिस्थिति हो, जसमा व्यक्तिको शरीरमा अतिरिक्त क्रोमोजोम हुन्छ ।
आमरुपमा एउटा बच्चा ४६ क्रोमोजोमका साथ जन्म लिन्छ । डाउन सिन्ड्रोम भएको शिशुमा कुनै एक क्रोमोजोमको अतिरिक्त कपी हुन्छ । जो बच्चामा एक्स्ट्रा क्रोमोजोम हुन्छ, उसको शरीर र दिमागको विकासमा नराम्रो असर पर्दछ । यो स्थिति बच्चाका लागि मानसिक तथा शारीरिक दुवै प्रकारको चुनौतीको कारण बन्न सक्छ ।
डाउन सिन्ड्रोमबाट पीडित व्यक्ति हेर्दा त्यस्तो फरक प्रकारको देखिँदैनन् तर उनीहरुको आईक्यू लेवल सामान्य भन्दा पनि कम हुन्छ । यो सिन्ड्रोमले पीडित बच्चाहरु अन्य बच्चाको तुलनामा बोल्न पनि ढिला तथा सुस्त हुन्छन् । डाउन सिन्ड्रोमका लक्षणहरु फरक फरक हुन सक्छन् ।
जसमा बच्चाहरुको अनुहारको बनावट चेप्टो, बदाम जस्ता आँखा, छोटो घाँटी, छोटो कान, साना हात खुट्टा, उचाई कम हुनु, कमजोर मांसपेशीहरु, जिब्रो प्रायः मुखबाट बाहिर निस्किरहने जस्ता लक्षणहरु देखिन्छन् । डाउन सिन्ड्रोममा उमेर एकदमै महत्वपूर्ण मानिन्छ । यदी ३५ वर्षको आयु भन्दा पहिला नै बच्चा जन्माउने हो भने डाउन सिन्ड्रोमको खतरा कम गर्न सकिन्छ ।
जो महिलाहरुको बच्चालाई डाउन सिन्ड्रोम भएका बच्चाको खतरा हुन्छ उनीहरुले बच्चाको योजना बनाउनु अघि सामान्य रुपमा कोही आनुवंशिक डाक्टर तथा विशेषज्ञसँग सल्लाह लिनुपर्दछ ।