काठमाडौं : काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ । मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे थिए । तर परीक्षणा गर्दा उनीहरूमा कोभिड पुष्टि भएको हो ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म ८ जनामा कोभिड १९ पुष्टि भएको छ । पुष्टि भएका सबैलाई अस्पतालको आइसियु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ । जसमध्ये दुईजना डिस्चार्ज भएका छन् । संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए।यस्तै त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार…
Aricle Tech
कैलाली : गेटा अस्पताल कैलालीका लागि २६ जना कर्मचारी माग गरिएको छ । स्टाफ नर्स/नर्सिङ १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजी ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना र फिजियोथेरापी सहायक १ जना गरी २६ जना कर्मचारी माग गरिएको हो । आज २१ दिने सूचना जारी गरिएको हो ।
जुम्ला स् यहाँ पछिल्लो समयमा बढ्दो सचेतनाका कार्यक्रमले क्षयरोगका बिरामी घट्दो क्रममा रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लामा गत आर्थिक वर्षमा क्षयरोगबाट तीन जनाको मृत्यु भएको जानकारी दिए । चन्दननाथ नगरपालिका दुई र पातारासी गाउँपालिकाभित्रका एक जनाको क्षयरोगका कारणले मृत्यु भएको छ । कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जुम्लामा ५३ महिला र ५३ पुरुषमा क्षयरोग देखिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म २१ पुरुष र २४ महिलामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा यहाँका आठवटा स्थानीय तहमा दर्ता भएका क्षयरोगीको सङ्ख्या कनकासुन्दरीमा छ, गुठीचौरमा आठ, सिञ्जामा नौ, हिमामा…
कैलाली : सुदूरपश्चिम प्रदेशका सिमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् । कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् । कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताए । “स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईँहरू काम गर्नुस् भन्छ”, साउदले भने, “आस गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका छौँ ।” पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १०…
काठमाडाैं- अहिले कतिपय मनिसहरू मोटोपना कसरी घटाउने भन्नेमा तनावमा हुन्छन् । तर अब त्यो तनाव पनि लिनु नपर्ने भएको छ । मोटोपना घटाउने औषधि नै बिक्री सुरू भइसकेको छ । जापानमा मोटोपना रोगको उपचारका रूपमा विश्वभरको ध्यानाकर्षण भएको औषधिको बिक्री सुरु भएको छ । फेब्रुअरी २२ मा डेनिस औषधि कम्पनी नोवो नोर्डिस्कको मोटोपन उपचार औषधि उगोबी (जेनेरिक नाम सेमाग्लुटाइड) जापानमा लन्च गरिएको थियो । यसैबीच मोटोपना हटाउन मद्दत गर्ने ताइशो फार्मास्युटिकलको ‘अराइ’ (जेनेरिक नाम ओरलिस्ट्याट) अप्रिल ८ मा रिलिज हुँदैछ । पसल र फार्मेसीहरूमा मोटो पेट भएका मानिसहरूको भिसेरल बोसो घटाउनको लागि औषधिको रूपमा बेचिन्छ । ताइशो फार्मास्युटिकलले बिक्रीको लागि…
काठमाडौँ : नेपाल नेत्र ज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ । सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरूका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाकाे शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले सेवा प्राप्त गरेका थिए । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका…
काठमाडौं : झापाकाे बिर्तामोडमा रहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति प्रा. डा. गोविन्द केसीले आपत्ति जनाएका छन्।मंगलबार डा. केसीले एक विज्ञप्ति जारी गर्दै उनले उक्त आदेशविरुद्ध भ्याकेटमा जाने बताएका छन्।विज्ञप्तिमा भनिएको छ‚ ‘सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दाउपर गरेको फैसला र त्यसले सृजित हल्लाले हाम्रो ध्यानाकर्षण भएको छ। फैसालाको संक्षिप्त आदेशको प्रतिलिपि पनि अहिलेसम्म प्राप्त भएको छैन। देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ…
बलेवा : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराकी रुपा विकले घरपालुवा कुखुराको अण्डा जोहो गरेकी छन् । दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उनी आबद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ। रुपा सुत्केरी हुनेबेला स्वास्थ्य स्वयंसेविका गीता हमालको नेतृत्वमा आमासमूहका प्रतिनिधि घ्यू, अण्डा, तरकारी, गेडागुडी र चामललगायत पोषणयुक्त खाना लिएर भेट्न पुगेका थिए । अहिले उनको समूहका आठ सदस्य गर्भवती छन् । उनीहरुलाई भेट्न जाँदा आफैँले पालेका कुखुराका अण्डा उपहार लैजाने योजना रुपाले बनाएकी छन् । भीमपोखरामा रहेको आमासमूहले समूहमा आबद्ध सदस्य तथा उहाँहरुका घरपरिवारका सदस्य सुत्केरी हुँदा सामूहिकरुपमा भेट्न जाने पद्धति…
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन् । शिविरमा मधुमेह, उच्च रक्तचाप र दाँतको जाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा गोविन्द पोख्रेल, कोर स्माइल डेन्टल क्लिनिकका डा मोचन श्रेष्ठ र बेनी अस्पतालमा प्रयोगशाला प्राविधिक सहयोगी सीताराम श्रेष्ठले परीक्षण गरेका थिए ।
चितवन : जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिइएको थियो । उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलव ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभियानका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइएको थियो । उनका अनुसार छ सय ४६ खोप…

