

बुटवल- बुटवलका केही मासु पसलले सड्न लागेको अवस्थामा पुगेको मासुसमेत बिक्रीका लागि राखेको पाइएको छ ।
बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलको नेपालगन्ज रोड र इँटाभट्टीका ११ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खसीबोका र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेको पाइएको हो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपभोक्तामाथि खेलबाड गर्ने र सडेगलेको कुहिने अवस्थामा पुगेको मासु बिक्री गर्ने मासु व्यवसायीलाई अन्तिम पटक सचेत गराइएको र दुई मासु पसललाई पाँच/पाँच हजार रुपियाँ जरिवाना गराइएको बताइन् ।
उनले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु वधशालाबाट मात्रै मासु ल्याएर बिक्रीका लागि सचेतना फैलाउने काम भइरहेको बताइन् ।