काठमाडौं- डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन् । उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन् ।
सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।