

विराटनगर- स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगन गरेसँगै बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिरामीहरूलाई राहत दिने निर्णय गरेको छ ।
अस्पतालले उपचार सेवा लिइरहेका तथा सेवा लिन आउने सबै बिरामीका लागि जनरल ओपीडी (कन्सल्टेसन) शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा सेवा प्रभावित भएपछि बिरामीहरूलाई सहज उपचार उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
स्वास्थ्य बीमा बोर्डले गत जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका बीमा सेवा स्थगित गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बिराट मेडिकल कलेजले ओपीडी शुल्क हटाएको हो ।


