काठमाडौं- त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जको नयाँ कार्यकारी निर्देशकका लागि प्रारम्भीक छनोटमा चार जना परेका छन् । छनोट समितिले प्रारम्भिक सूचीमा प्राडा घनश्याम गुरुङ, सहप्राडा गोपाल सेडाईं, प्राडा नरमाया थापा र प्राडा सुवासप्रसाद आचार्यलाई राख्दै अन्तर्वार्ताका लागि बोलाएको हो । कार्यकारी निर्देशक नियक्तिका लागि गठित छनोट समितिले चार जनालाई माघ २३ गते अन्तर्वार्ताका लागि बोलाएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेको समयावधि सकिएपछि उक्त पद रिक्त छ।
स्वास्थ्य डायरी
काठमाडौँ – नेपाल फार्मेसी संघद्वारा गत माघ १७ जारी गरिएको ध्यानाकर्षण पत्रको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ । सो ध्यानाकर्षण पत्रमा ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार डाक्टरहरू हुन्’ भनेर भनिएको थियो । चिकित्सकहरू विरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिइएको भन्दै चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र सेवामा खटिने चिकित्सकहरूमाथि लगाइएको यस्तो कपोलकल्पित तथा गम्भीर आरोपले चिकित्सकहरूको आत्मसम्मानमा ठेस पुगेको नेपाल चिकित्सक संघको ठहर रहेको छ ।’ चिकित्सकहरू विरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिइएको भन्दै चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ…
काठमाडौं- वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन्। आज बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो । निर्माणको लागि टेण्डर भए पनि लामो समयदेखि निर्माण कार्य शुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा. निरजकुमार सिंहले बताए । उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन । तर नेपालका अन्य केन्द्रिय अस्पतालहरुमा ५ सय शैय्याको भवन निर्माण भई कार्य सञ्चालनसमेत भइसकेको बताए । नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शैय्याको नविन भवन निमार्णका लागि दबाब दिन…
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारको एक मात्र प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीमा जम्मा २७ जनाको स्वीकृत दरबन्दी रहेको छ । २०७९ असोजबाट सेवा सुरु गरेको चिकित्सालयमा विज्ञ चिकित्सक नहुँदा उपचार सेवा विस्तार गर्न समस्या भएको चिकित्सालयका मेसु डाक्टर रामकामेश्वर ठाकुरले बताए । “हामीसँग पर्याप्त भौतिक संरचना छ । चिकित्सालयमा २७ जनाको दरबन्दी छ । विज्ञ चिकित्सकको अभावमा अस्पतालको सेवा प्रभावित भएको छ,” मेसु ठाकुरले भने। धनगढी-१३ राजपुरमा रहेको आयुर्वेदिक चिकित्सालयमा जनरल ओपिडी, बालरोग ओपिडी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति ओपिडी सञ्चालनमा छन्। चिकित्सालयमा ओपिडी र इन्डोर सेवा समेत सञ्चालन गरिएको छ। बिरामीहरूलाई पूर्वकर्म, पञ्चकर्म, गुदगद रोगको शल्यक्रिया सेवा, होमियोपेथी योग तथा परामर्श…
काठमाडौं- पारिश्रमिकको विषयलाई लिएर आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ । माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए । केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संयुक्त…
बिराटनगर- बरिष्ठ न्यूरो सर्जन डा. याम बहादुर रोका सम्मानित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले लामो समयदेखि कोशी प्रदेशमा रहेर चिकित्सा क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै डा. रोकालाई सम्मान गरेको हो । अस्पतालले बुधवार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यमा विराट शिक्षण अस्पतालमा एक कार्यक्रम आयोजना गरि डा. रोकालाई सम्मान गरिएकाे थियाे । सम्मान कार्यक्रममा प्रदेशप्रमुख पर्शुराम खापुङले न्यूरो सर्जरी सहितको चिकित्सा सेवामा जिवनको महत्वपूर्ण १५ वर्ष अनवरत सेवा दिएर ठुलो योगदान पुर्याएकोमा बधाई तथा सुभकामना दिएका थिए । कार्यक्रममा अस्पतालका प्रमुख डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराटनगरकै अन्य अस्पतालमा काम गरि ठूलो…
काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले विश्व क्यान्सर दिवसको अवसरमा विशेष स्वास्थ्य सेवाको घोषणा गरेको छ । अस्पतालले क्यान्सर स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । अस्पतालले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र रोकथामलाई प्रवर्द्धन गर्न यो छुट कार्यक्रम ल्याएको हो । यसले सर्वसाधारणलाई क्यान्सरको समयमै पहिचान गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ । यो विशेष छुट ४ फेब्रुअरी २०२५ (विश्व क्यान्सर दिवस) को दिन मात्र लागू हुने बताइएको छ । क्यान्सरको प्रारम्भिक पहिचान नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो । यस विशेष अफरबाट लाभ उठाउन इच्छुक व्यक्तिहरूले ४ फेब्रुअरी २०२५ को दिन…
काठमाडौँ- डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको घोषणा गरे । फाउन्डेसनले यस वर्ष छात्रवृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ रकम छुट्टाएको छ । डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो । देशभरिका विद्यार्थीहरूले माघ १६ गतेदेखि फागुन ४ गतेभित्र…
डोटी- बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ । पच्चिस शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो । हालसम्म पनि सो भवन निर्माण सम्पन्न हुन सकेको छैन । सङ्घीय विशेष अनुदानतर्फको आव २०७७/७८ मा बजेट विनियोजन भएपछि २०७७ फागुन ७ गते अस्पतालले १० करोड २७ लाखमा भवन निर्माण गर्न ‘केयस कन्स्ट्रक्सन धनगढी कैलाली’सँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार २०७९ फागुनसम्म सो भवन निर्माण गरिसक्नुपर्ने थियो । कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवस समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुनमा २०८० माघसम्मका लागि…
सुर्खेत- कर्णाली प्रदेशका एक लाखभन्दा बढी किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार कर्णालीका १० जिल्लाका एक लाख २९ हजार किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप लगाउन लागिएको हो । उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुने छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलका अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन लागिएको हो । सूचना अधिकारी कँडेलका अनुसार खोप…

