

काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले विश्व क्यान्सर दिवसको अवसरमा विशेष स्वास्थ्य सेवाको घोषणा गरेको छ । अस्पतालले क्यान्सर स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो । अस्पतालले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र रोकथामलाई प्रवर्द्धन गर्न यो छुट कार्यक्रम ल्याएको हो । यसले सर्वसाधारणलाई क्यान्सरको समयमै पहिचान गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
यो विशेष छुट ४ फेब्रुअरी २०२५ (विश्व क्यान्सर दिवस) को दिन मात्र लागू हुने बताइएको छ ।
क्यान्सरको प्रारम्भिक पहिचान नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो । यस विशेष अफरबाट लाभ उठाउन इच्छुक व्यक्तिहरूले ४ फेब्रुअरी २०२५ को दिन नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।
नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र क्यान्सर सम्बन्धी आधुनिक उपचार, अनुसन्धान, तथा जनचेतना अभिवृद्धिमा समर्पित संस्था हो ।




