काठमाडौँ – नेपाल फार्मेसी संघद्वारा गत माघ १७ जारी गरिएको ध्यानाकर्षण पत्रको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ । सो ध्यानाकर्षण पत्रमा ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार डाक्टरहरू हुन्’ भनेर भनिएको थियो ।
चिकित्सकहरू विरुद्ध भ्रमपूर्ण अभिव्यक्ति दिइएको भन्दै चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अहोरात्र सेवामा खटिने चिकित्सकहरूमाथि लगाइएको यस्तो कपोलकल्पित तथा गम्भीर आरोपले चिकित्सकहरूको आत्मसम्मानमा ठेस पुगेको नेपाल चिकित्सक संघको ठहर रहेको छ ।’