काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताएका छन्। सहिद दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा हिजाे आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग रहने बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यक पर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ ।” स्वास्थ्यमन्त्री पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि कांग्रेसले अगुवाई गर्नसमेत आग्रह गरे । आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उनको भनाइ थियो ।
स्वास्थ्य डायरी
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सर विजेता अभिनेत्री मनिषा कोइरालालाई ‘एचपीभी’ खोप अभियानको खोपदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले देशभरका १६ लाख किशोरीलाई मन्त्रालयले ‘एचपीभी’ खोप अभियान सञ्चालन गरिरहेको हो । यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई मन्त्रालयले खोप लगाउँदैछ । नेपालमा सन् २०२२ मा कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार सात सय ६८ रहेको ग्लोबल क्यान्सर अर्ब्जभेटरीको तथ्याङ्कमा छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा…
बागलुङ- स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् । निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ । निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उनको घरमा कालो टीका लगाइदिएको हो । पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उनी घरमै सुत्केरी भएकी थिइन् । त्यसपछि गाउँको आमा…
महोत्तरी- ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फर्कियो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गरेकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भनिन् । ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) । पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुशीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने सुझाव चिकित्सकले दिएका छन् । उनले अबको केही दिनपछि आँखाको पट्टी हटाएपछि कालो चश्मा लगाउनु पर्नेछ । दुलारीजस्तै सोही वस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने शल्यक्रियापछि…
बनियानी- नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनी मृत्यु हुने गरेको उनले बताए । ह्युमन पापिलोमा भाइरस (एचपीभी) को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ । खोप अभियान अन्तर्गत…
पाँचथर- फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ कार्यक्रम सञ्चालनमा ल्याई यी तीन वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन र स्वास्थ्य संस्थाबाट घर जान निःशुल्क एम्बुलेन्स सुविधा दिन थालेको हो । जिल्ला अस्पतालमा आई उपचार गराउन नजिकैको स्वास्थ्य संस्थाले सिफारिस गर्नुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाको एम्बुलेन्स प्रयोग गर्दा फिदिम नगरवासी अन्यले भने १० प्रतिशत छुट पाउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । एकै समयमा एकभन्दा बढी स्थानबाट यी तीन वर्गका बिरामी अस्पताल जानुपर्ने भए…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताएका छन् । नेपाल नर्सिङ सङ्घको ६३औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भने, “ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौँ । सम्भवतः यही ‘सेसन’ मा पास गर्छौं ।” नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने मन्त्री पौडेलले बताए । उनले व्यक्तिगत पहुँचका आधारमा नभई पदोन्नतिका विधिका आधारमा गरिनुपर्ने बताए । मन्त्री पौडेलले…
काठमाडौं- लागुऔषधसहित मेडिकल सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पत्ति र धरान–८ बाट अर्का एक दम्पत्तिलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । १४ माघ राति मेडिकल पसलमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएको थियो । उक्त टोलीले पसलभित्र खानतलासी गर्दा कार्टुनमा लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल सञ्चालक धरान–३ का ४१ वर्षीय सुरज बनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो । यसैगरी धरान–८ का ३१ वर्षीय…
मुगु- मुगु आयुर्बेद कार्यालयले गमगढीमा सन्चालन गरिरएको पायल्स, फिसर फिष्टुला रोगका बिरामीहरुका लागि तीन दिने स्क्रिनिङ तथा उपचार शिविरमा चेकजाच गर्दा सबैभन्दा बढी पाइल्सका बिरामीहरु फेला परेका छन् । छाँयानाथ रारा नगरपालिका र आसपास क्षेत्रमा बस्दै आएका स्थानीय तीनसय १४ जनाको चेकजाचमा तीन दिनमा ८५ जनाको पायल्स(मलद्धारमा समस्या)का विरामी भेटिएका थिए जसमध्ये दुई जना महिलाको पाइल्सको अप्रेशन गरिएको छ भर्ने एक जना पुरुषको फिष्टुलाको अप्रेशन गरिएको छ । अन्य चेकजाचमा आएका बिरामीहरुलाई स्वास्थ्य सुधारका लागि आवश्यक सुझाव सल्लाहसँगै आवश्यकता अनुसारको औषधी निशुल्क दिएको जिल्ला आयुर्वेद केन्द्र मुगुका कार्यालय प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताएका छन् । कार्यालय प्रमुख पाण्डेका अनुसार पछिल्लो…
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यस्थापन एकाइले विपद् तथा स्वास्थ्य आपत्कालीन अवस्थामा चिकित्सकीय सेवालाई चुस्त बनाउन अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न उच्च प्राथमिकता दिएको छ । स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरुपता ल्याउने भन्ने ध्येयले सञ्चालित सो तालिम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रदान गरिसकिएको छ । यही हप्ता गण्डकी र बागमती प्रदेशका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तालिम सम्पन्न गर्ने लक्ष्य मन्त्रालयले लिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प , कोभिड–१९ महामारी तथा २०८० साल कात्तिक १७ को जाजरकोट भूकम्पमा…

