काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गरेका छन् । एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी आवश्यक पर्ने सबै स्वास्थ्य संस्थाले विद्युतीय रुपमा प्राप्त गर्ने गरी निर्देशिका स्वीकृत भएको हो । निर्देशिकाको कार्यान्वयन भएपछि के फाइदा हुन्छ ? १) सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली अन्र्तगत एक अर्कासँग बिरामीका तथ्याङ्क तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ ।२) बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुनेछ ।३) रोगको निदान तथा उपचार…
स्वास्थ्य डायरी
डोटी- सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप लगाइने स्वास्थ्य निर्देशनलय दीपायलले जनाएको छ । खोप दिनुपर्ने सङ्ख्या बढी रहेको कैलाली जिल्लाको हकमा भने फागुन ४ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । निर्देशनालयका निमित्त निर्देशक डा.खगेन्द्र बमले खोप अभियानका क्रममा कक्षा छदेखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोप लगाउन लागिएको बताए । खोप अभियानका लागि एक लाख ८० हजार खोप व्यवस्थापन गरिएको छ । उनले भने, ‘विद्यालयमा अध्ययनरत…
डडेल्धुरा – डडेल्धुरा मेडिकल कलेजमा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको पढाइ सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु भएकोमा यसवर्षदेखि थप दुई संकायमा पढाइ सुरु हुन लागेको हो । विद्यार्थीलाई स्वागतसहित पढाई सुरुबारे दिइएको जानकारी कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डीन हेमनाथ जोशीले मंगलबारदेखि बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा अध्यापन सुरु हुने जानकारी दिए । ‘पब्लिक हेल्थमा १० र बीएस्सी नर्सिङमा २० जनाको कोटा पाएमा अहिले पब्लिक हेल्थमा पाँच र बीएस्सी नर्सिङमा १८ जना विद्यार्थी भर्ना भएका छन्,’ उनले भने । कार्यक्रममा डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सबैको सामूहिक पहलमा…
काठमाडाैं- ताइवानी अभिनेत्री बार्बी ह्सुकाे निमोनियाबाट निधन भएको छ । ४८ वर्षकी बार्बी ह्सुको परिवारले सोमबार यस दुखद खबरको पुष्टि गरेको हो । उनी चिनियाँ नयाँ वर्षको अवसरमा आफ्नो परिवारसँग जापान घुम्न गएकी थिइन् । तर त्यहाँ पुगेपछि फ्लु भयाे, जसले निमोनिया भयाे । बार्बी ह्सु सन् २००१ को लोकप्रिय टिभी नाटक ‘मेटियर गार्डेन’ मा अभिनय गरेर प्रख्यात भएकी थिइन् । उनकी बहिनी डी ह्सुले आफ्नो भावना प्रकट गर्दै भनेकी छिन्, ‘मेरो प्रिय र सबैभन्दा दयालु दिदी बार्बी ह्सुले निमोनियाबाट पीडित भएर हामीलाई छाडेकी छन् । म यस जीवनमा उनको बहिनी हुन पाएकोमा कृतज्ञ छु, हामीले एकअर्कालाई हुर्काएका थियौं, संगत…
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ जारी गरेपछि यसको कार्यान्वयनको बाटो खुलेको हाे । याे प्रणाली लागू भएसँगै बिरामीले अब अस्पताल जाँदा आफ्ना रिपोर्ट तथा कागजात बोक्नुपर्ने झन्झट अन्त्य हुनेछ । डिजिटल प्रणालीले कसरी सहजता ल्याउँछ ?नयाँ प्रणाली कार्यान्वयन भएपछि बिरामीलाई एक मात्र कोड नम्बर उपलब्ध गराइनेछ । त्यसमा बिरामीको नाम, ठेगाना, उमेरदेखि स्वास्थ्य समस्या, उपचार विधि, प्रयोग गरिएको औषधि लगायत सबै विवरण राखिन्छ ।जसको आधारमा जुनसुकै अस्पतालमा उनका सम्पूर्ण स्वास्थ्य विवरण हेर्न…
काठमाडाैं- अमलालाई पोषक तत्वहरुको राजा रुपमा लिइन्छ । अमलामा मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ । अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ । यस्ता छन् अमलाका फइदाहरु अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । बूढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाँउछ । अमलाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन । अमलाको जुस बनाएर खानाले…
काठमाडौं- सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने यो अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ । एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट सक्रमित हुन्छ्न, तर अधिकांशमा कुनै पनि लक्षण देखा नपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको अनुमान छ । हरेक वर्ष…
काठमाडौं- झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला…
झापा- क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रा.लि. र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए । यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र…
काठमाडौँ- चन्द्रागिरी नगरपालिकाले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग तथा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको हो । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा सुर्ती सेवनको निमित्त बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडि, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख छ । विज्ञप्तिमा सूर्तीजन्य पदार्थको सेवनले राज्यको करोडौँ रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको…

