स्वास्थ्य डायरी

काठमाडौं- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न निषेध गरेको छ । घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो । कहीँ कतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) बमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने सूचनामा उल्लेख गरेको छ ।

विस्तृतमा...

काठमाडौं- निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूले पाइरहेको निर्वाह भत्ता सम्बन्धी गरिएको सिफारिसमा चित्त नबुझेको भन्दै स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ । हिजो चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३५ हजार भत्ता उपलब्ध गराउनुपर्ने निर्णय थिए । त्यस्तै निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने निर्णय पनि गरिएको थियो । यसैगरी निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई…

विस्तृतमा...

काठमाडाैं- आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो । नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न नसकेको नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले बताइन् । उनले नेपालमा वर्षेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन नसकेको बताइन् । अध्यक्ष शर्माका अनुसार नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने जोखिम छ । नेपालमा काम…

विस्तृतमा...

काठमाडौं- निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूले पाइरहेको निर्वाह भत्ता केही मात्रै बढाइएको छ । चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० र तेस्रो वर्ष ३५ हजार भत्ता उपलब्ध गराउनुपर्ने निर्णय गरेका हुन् । त्यसैगरी, निःशुल्क अध्ययन गर्न चाहने आवासीय चिकित्सकलाई अध्ययनपश्चात् दुई वर्ष सोही शिक्षण संस्थामा कबुलियतनामा गरी सेवा गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले आवश्यक कानुनी प्रबन्ध गर्ने निर्णय पनि गरिएको छ । निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवम् प्रचलित श्रमसम्बन्धी कानुन बमोजिम मर्यादित सेवा सुविधा उपलब्ध…

विस्तृतमा...

काठमाडौं– आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको छ । यस्तो अवस्थामा मानिसहरू तौल घटाउन चाहन्छन् तर त्यसको सही तरिका थाहा हुँदैन । यति मात्र होइन, कतिपय कुरालाई लिएर धेरै मानिसहरू दुबिधामा पनि रहन्छन् । यदि तपाई पनि तौल घटाउन चाहनु हुन्छ तर तपाईँको दिमागमा केही कुरालाई लिएर प्रश्न उठ्छ भने करिना कपुर खानकी फिटनेस कोच तथा पोषण विशेषज्ञ रुजुता दिवेकरले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै तौल घटाउने सही उपाय के हो भनी हालै बताएकी छिन् । रुजुता भन्छिन् कि गलत तरिकाले छिटो तौल घटाउनुको सट्टा लामो समयसम्म तौल घटाउनु जरुरी छ, जसले तपाईँको स्वास्थ्यलाई पनि फाइदा…

विस्तृतमा...

-डा राजेन्द्र कोजु काठमाडौँ- नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ । नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम पाँच लाख रुपैयाँ पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो ।

विस्तृतमा...

जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन्। कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य रहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ । विपिएचमा नयाँ भर्ना भएका जुम्ला…

विस्तृतमा...

कैलाली- कैलालीमा छाउगाेठमा सुतिरहेको अवस्थामा महिलामाथि बाघले आक्रमण गरेको छ । जिल्लाकाे माेहन्याल गाउँपालिका- ७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले घर नजिकै छाउगाेठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेकाे बताए । उनकाे स्वास्थ अवस्था भने सामान्य रहेकाे प्रहरीले जनाएको छ ।

विस्तृतमा...

काठमाडौं- अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले कोरोना भाइरस प्रयोगशालामा तयार गरिएको हुनसक्ने आशंका गरेको छ । सीआईएले शनिबार प्रतिवेदन सार्वजनिक गर्दै चीनलाई कोभिड–१९ का लागि जिम्मेवार ठहराएको छ । सीआईए निर्देशक जोन र्‍याटक्लिफको आदेशमा सार्वजनिक गरिएको यो प्रतिवेदन बाइडेन प्रशासन र सीआईएका पूर्वनिर्देशक विलियम बर्न्सको आदेशमा तयार पारिएको हो । तर, सीआईएको प्रतिवेदनको दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको बताएको छ । सीआईएले शनिबार जारी गरेको एक सन्देशमा भनेको छ, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड– १९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित कारण प्राकृतिक कारणभन्दा बढी सम्भावित भएको हाम्रो ‘कम आत्मविश्वास’ सहितको मूल्यांकन छ ।’ सीआईएको यो रिपोर्टले कोरोना भाइरसलाई…

विस्तृतमा...