काठमाडौं- नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि आज औषधि व्यवस्था विभागबाट अन्तरराष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । ‘विसं २०२९ सालमा कम्पनी स्थापना भए पनि २०६४/६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो’, उनले भने, ‘विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन सुरु गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।’ उनका अनुसार उक्त प्रमाणपत्र प्राप्त भएसँगै कम्पनीलाई औषधि बिक्री, विदेशमा निर्यात र अन्तर्राष्ट्रिय स्तरमा बोलपत्रमा…
स्वास्थ्य डायरी
काठमाडौं- देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान सुरु गरेका हुन् । आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
पोखरा – पोखरामा स्थापित कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेजले आफ्नो २५ वर्षे सेवा यात्राको उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । रजत जयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा संस्थाले विगतको योगदान स्मरण गर्दै भविष्यका योजना सार्वजनिक गरेकाे छ । अस्पतालको सेवा र योगदानकान्तिपुर डेन्टल अस्पताल, काठमाडौँस्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलको भगिनी संस्था, २०५६ सालमा पोखरामा स्थापना भएको थियो । स्थापनाको अढाई दशकमा यस संस्थाले तीन लाखभन्दा बढीलाई प्रत्यक्ष रूपमा दन्त सेवा प्रदान गरेको छ भने विभिन्न समुदाय तथा विद्यालयमा सञ्चालन गरिएका शिविरहरुमार्फत हजारौँ नागरिकलाई सेवा दिएको छ । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा…
काठमाडौं । क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए । “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन”, उनले…
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन्। मंगलवार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताए । उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए। उनले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको उनको भनाइ थियो। मन्त्री पौडेलले भने, ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरू गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ…
काठमाडाैं- आज विश्व क्यान्सर दिवस । क्यान्सर एक धेरै खतरनाक रोग हो, जसको नामले नै मानिसहरूमा डर पैदा गर्छ । धेरै पटक कुन क्यान्सरले तपाईंलाई भित्रबाट खाइरहेछ भन्ने कुरा सुरुमै थाहा हुँदैन । क्यान्सरका लक्षणहरू सुरुमै पहिचान भएन भने यसको उपचार अलि गाह्रो हुन्छ । यी सबै कुराहरूलाई ध्यानमा राख्दै, मानिसहरूलाई क्यान्सरको जोखिम, यसको उपचार, रोकथाम र लक्षणहरूको प्रारम्भिक पहिचानको बारेमा सचेत गराइन्छ र यसबारे सतर्क रहन विश्व क्यान्सर दिवस मनाइन्छ। यद्यपि, कहिलेकाहीँ केही क्यान्सर बिरामीहरूले क्यान्सरलाई पूर्ण रूपमा पराजित गर्छन्, उपचार पनि सफल हुन्छ, तर यसले यसलाई फेरि ट्रिगर गर्छ । यो किन हुन्छ ? क्यान्सरलाई जितेर धेरै बिरामीहरू…
काठमाडौं – विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिइनेछ । यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि…
चितवन- चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ । अस्पतालले सुर्खेत र धनगढीमा दुईपटक क्याम्पमार्फत सेवा दिइसकेको छ । मङ्गलबार सुर्खेत र बुधबार धनगढीमा तेस्रोपटक सेवा दिँदै छ । गण्डकीमा एक पटकमात्र सेवा दिइएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिकित्सकसहित आठ जनाको टोलीले सेवा दिने गरेको छ । पहिलेनै मिति तय गरेर क्यान्सरका बिरामीको नाम टिपेर एकै पटक सेवा दिने गरिएको छ । एक पटकमा १५० हाराहारी क्यान्सरका…
काठमाडौं – आवासीय चिकित्सकहरूले लामो समयदेखि व्यहोर्दै आएको श्रम शोषणविरुद्ध संघर्षलाई तीव्र बनाउँदै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीमा रहेका चिकित्सकहरूले उचित श्रम मूल्य, सम्मानजनक कार्यस्थल, र अधिकार सुरक्षणको माग राख्दै सरकारलाई अन्तिम चेतावनी दिएका छन् । छैठौं दिनमा प्रवेश गरेको आन्दोलनस्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको नेतृत्वमा जारी यो आन्दोलन छैठौं दिनमा प्रवेश गरेको छ। चिकित्सा क्षेत्रका श्रमिकहरूको हकहितका लागि गरिएको निरन्तर संघर्षमा राज्यको मौनताप्रति असन्तोष व्यक्त गर्दै समितिले अब देशभरका चिकित्सकहरूलाई काठमाडौंमा भेला हुन आग्रह गरेको छ। माइतीघर मण्डलामा सेतो कोटमा धर्नाआन्दोलनको प्रमुख मोर्चा काठमाडौंको माइतीघर मण्डलामा केन्द्रित हुने भएको छ ।…
काठमाडौँ- केहि दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलन गर्दै आइरहेका आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ओपीडी सेवा बहिस्कार गरेका हुन् । यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका उनीहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् । संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि…

