Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

रौतहटमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, छानबिनको माग

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ फाल्गुन १२, सोमबार
Share
Facebook Twitter

रौतहट – रौतहटको गौर–१ स्थित गौर सेन्टर हस्पिटलमा डाक्टरको लापरबाहीले एक युवकको मृत्यु भएको आरोप लागेको छ । १८ वर्षीय लालु अधिकारीको आन्द्राको शल्यक्रिया (अप्रेसन) गर्ने क्रममा मृत्यु भएको दाबी गर्दै, मृतकका काका देवेन्द्र अधिकारीले घटना छानबिन गर्न माग गरेका छन् ।

देवेन्द्र अधिकारीका अनुसार, शनिबार पेट दुख्ने समस्याका कारण लालुलाई प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको थियो । प्रारम्भिक परीक्षणपछि डाक्टर घनश्याम ठाकुरले लालुको आन्द्रा फुटेको जानकारी दिएका थिए र थप उपचारका लागि उनले अन्य डाक्टर पंकज साहसँग सम्पर्क गर्न सल्लाह दिएका थिए । डाक्टर पंकज साहको निर्देशनमा, लालुलाई आन्द्राको अप्रेसनका लागि गौर सेन्टर हस्पिटल ल्याइएको थियो ।

शल्यक्रिया पश्चात केही समयमै बिरामीको अवस्था गम्भीर भएको जानकारी आएको देवेन्द्रले बताए। उनीहरूले प्रादेशिक अस्पतालका डाक्टर ठाकुरलाई पुनः बोलाएर अक्सिजन सहित एम्बुलेन्समा राखेर बिरामीलाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउन सल्लाह दिए । शनिबार राति करीब ११ बजे, नेशनल मेडिकल कलेजमा पुगेपछि डाक्टरले लालुको मृत्यु भएको घोषणा गरेका थिए ।

घटनामा संलग्न डाक्टर फिरोज अन्जुम र पंकज साहसहितको चिकित्सक टोली सम्पर्कविहीन रहेको जानकारी दिँदै देवेन्द्रले घटनामा शंका व्यक्त गरेका छन् र दोषी चिकित्सक र अस्पताल प्रशासनमाथि कारबाहीको माग गरेका छन् ।

यस घटनामा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले, बिरामीलाई रिफर गर्दा नारायणी अस्पतालको सट्टा गौरकै निजी अस्पतालमा पठाइएको कुरा अनुसन्धानको विषय भएको बताए । यस घटनामा अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमीले डाक्टर ठाकुर, साह र अन्जुमसँग लिखित स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.