Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

हुम्लामा हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ फाल्गुन ११, आईतवार
Share
Facebook Twitter

चङ्खेली- हुम्लाको चङ्खेली गाउँपालिकाले हरेक दुई महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ‘अध्यक्ष–उपाध्यक्ष भेटौँला, चङ्खेलीवासीका दुःख मेटौँला’ भन्ने नारा दिएर जिल्लाको मध्य क्षेत्रमा रहेको सो गाउँपालिकाले हरेक दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शुरवीर शाहीले बताए ।

आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममार्फत हरेक दुई महिनामा जिल्ला स्वास्थ्य सेवा कार्यालयको समन्वयमा विशेषज्ञ चिकित्सक ल्याइ हरेक गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति पारित भएसँगै हरेक दुई महिनामा नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ ।

गाउँपालिकाको निःशर्त बजेटमार्फत रु छ लाख विनियोजन गरी एक वर्षमा छ वटा शिविर सञ्चालन गर्ने कार्यपालिकाको निर्णयसँगै गाउँसभाले पारित गरेपश्चात् अहिलेसम्म दुई हजार जनाभन्दा बढीले यो सेवा लिएको र ३५ बिरामीलाई काठमाडौँको केएमसी अस्पतालमा ल्याइ उपचार गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक शाहीले बताए ।

उक्त शिविरमार्फत चिकित्सकको सिफारिसमा उनीहरुलाई गाउँपालिकाले ल्याउने र लैजाने भाडा उपलब्ध गराई काठमाडौँमा निःशुल्क उपचार गराएको हो । हरेक दुई महिनामा हुने उक्त निःशुल्क शिविरका लागि प्रतिशिविर रु ५० हजारका दरले खर्च हुन्छ ।

स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकलाई जिल्लाबाट ल्याउने र लैजाने भाडा तथा उनीहरुलाई खाना तथा बस्नका लागि गाउँपालिकाले व्यवस्था गर्ने र निःशुल्क औषधि वितरण गरी गाउँपालिकाका नागरिक कोही पनि औषधि नपाएर मर्नु नपरोस् भनी यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.