काठमाडौँ- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब क्लिनिकल फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाल मेडिकल काउन्सिलको स्वीकृतिपछि केन्द्रले यही शैक्षिक सत्रदेखि ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो । मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले केन्द्रबाट पेश भएका कागजात र काउन्सिलबाट भएको निरीक्षण प्रतिवेदनको आधारमा क्लिनिकल फेलोसिप कार्यक्रमका लागि स्वीकृति दिइएको बताए । केन्द्रका अनुसार अब मिर्गौला प्रत्यारोपण शल्यक्रिया विषयमा एकजना र मिर्गौला प्रत्यारोपण चिकित्सा विषयमा एकजनालाई गरी कुल दुईजनाका लागि एकवर्षे फेलोसिप कार्यक्रम सञ्चालन हुने बताएको छ ।
स्वास्थ्य डायरी
डडेल्धुरा- डडेल्धुरा मेडिकल कलेजमा अब बिएस्सी नर्सिङ र पब्लिक हेल्थको पनि अध्यापन हुने भएको छ । चिकित्सा शिक्षा आयोगले भदौमै सिट निर्धारण गरेकोमा अहिले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि भर्ना खोलेको हो । ‘चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तर्फको पहिलो चरणमा म्याचिङ भई आएका विद्यार्थीका लागि भर्ना सम्बन्धि सूचना जारी गरेको थियो,’ सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले भने, ‘सोहीअनुसार डडेल्धुरामा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, बिएस्सी नर्सिङ र पब्लिक हेल्थमा भर्नाका लागि सिफारिस भएका विद्यार्थीलाई भर्ना गर्नका लागि स्वास्थ्य विज्ञान संकाय डडेल्धुराले सूचना जारी गरेको छ ।’ उनक…
बुटवल- चिकित्सा शिक्षा आयोग काठमाडौँले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो । विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताए । यसबर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबीबीएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताए । उनका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबीबीएसमा पढन पाउने छन्। आयोगबाट…
नवलपुर- जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी भएका छन्। नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीका एकै घरका पाँच जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् । च्याउ खाँदा ४८ वर्षीय बाबुलाल राजवंशी, ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षका मदन राजवंशी र ९ वर्षीया रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनीहरूकाे उपचार भइरहेकाे छ ।
सुर्खेत- कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो । निर्देशनालयले अहिले प्रदेशका चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक रु चार लाखका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु चार लाखका दरले रु ४० लाख र आर्थिक वर्ष २०८०/८१ मा पनि रु ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती…
उदयपुर- जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ । करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताए ।…
सिमकोट – हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ। अस्पतालमा मौज्दात भएको औषधि सकिएको र नयाँ औषधि खरिद गर्न नपाएपछि अभाव देखिएको अस्पतालले जनाएको छ । भाउजुलाई उपचारका लागि अस्पताल ल्याएकी सिमकोट–४ की बविता शाहीले चेकजाँचपछि आफूले औषधि किन्न नपाएको गुनासो गरिन् । उनले घरको छतबाट लडेर घाइते भएकी भाउजु भानु शाहीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याएकी हुन् । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले औषधिको अभाव भएको स्वीकार गर्दै घाउचोट लागेका बिरामीका लागि स्प्रिड कटनको पनि अभाव रहेको बताइन् । स्वास्थ्य सेवा कार्यालयका कर्मचारीको सरुवा भएको र नयाँलाई आर्थिक खर्चको अधिकार नदिइएकोले औषधि खरिदमा पनि समस्या भएको उनको भनाइ छ…
काठमाडौँ – देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो । यस्तै, यस अवधिमा ११ जना सङ्क्रमितको समेत मृत्यु भएको र र ७६ जिल्लामा सङ्क्रमण देखिएको ईडीसीडीको विवरणमा उल्लेख गरिएको छ । यस्तै हाल सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा रहेको देखिएको छ भने त्यसपछि काठमाडौंमा बढी सङ्क्रमित छन् । ईडीसीडीको विवरणअनुसार हाल कास्कीमा ७ हजार ८० जना सङ्क्रमित रहेका छन् । यस्तै काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९, ललितपुरमा एक हजार ६०, एक हजार…
काठमाडौं- बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णय अनुसार सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ । ‘लामखुट्टे खोजी र नष्ट’अभियानअन्तर्गत आज बिहान सिंहदरबारमा पनि सरसफाइ गरिएको छ। सोही क्रममा मुख्य सचिव एकनारायण अर्याल औषधि छर्किने मेसिन बोकेर सरसफाइ अभियानमा जुटेका थिए । उनले कार्यालय परिसरमा जोखिमयुक्त स्थानमा डेंगु नियन्त्रणका लागि औषधि छर्केका थिए। हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसीडी)को तथ्यांकअनुसार डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रण चासो जगाउन सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक भिडियो सन्देश जारी गर्दै देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबै बर्गमा अनुरोध गरेका छन् । हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति प्रधानमन्त्रीले आग्रह गरेका हुन् । डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट…

