बझाङ- बझाङको दुर्गम साइपाल गाउँपालिकामा गरिएको आँखा शिविरमा अधिकांशमा आँखाको समस्या देखिएको छ। गेटा आँखा अस्पताल अन्तर्गत सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको सहकार्यमा ४२१ जनाको आँखा जाँच गर्दा २३४ जनामा विभिन्न समस्या देखिएको हो। स्वास्थ्य टोलीका अनुसार २६ जनालाई मोतीबिन्दु रहेको र २ जनाको आँखामा मासु पलाउने समस्या देखिएको छ, जसका लागि शल्यक्रिया आवश्यक पर्नेछ। स्थानीय वडाहरूमा पुगेर गरिएको परीक्षणमा १७६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको स्वास्थ्यकर्मी जनककुमार विष्टले जानकारी दिए। सिमखेत आँखा उपचार केन्द्रकी प्रमुख सगुन तामाङका अनुसार साइपालिमा आँखासम्बन्धी समस्या अन्य पालिकाको तुलनामा बढी देखिएको छ। उनले भनिन्, ‘यो क्षेत्र बढी हावाहुरी चल्ने र सुक्खा भएकाले…
स्वास्थ्य डायरी
काठमाडाैं- धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी प्रतिष्ठान) बीच जग्गा प्रयोगसम्बन्धी विवाद चर्किएको छ । प्रतिष्ठानले आफ्नो ‘ग्रीन बेल्ट’ क्षेत्रमा धरान उपमहानगरपालिकाले संरचना निर्माण गर्न खोजेको भन्दै कडा आपत्ति जनाएको छ । प्रतिष्ठानका अनुसार, मूलगेट पश्चिमतर्फको बाटोछेउ रहेको हरियाली क्षेत्र (ग्रीन बेल्ट) मा मेयर हर्क साम्पाङको नेतृत्वमा उपमहानगरले संरचना बनाउन चाहेको छ। प्रतिष्ठानले सार्वजनिक अपिलमार्फत यसबारे गम्भीर असहमति जनाएको छ । बीपी प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्य प्रसाद संग्रौलाद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ कि अस्पताल क्षेत्रको हरियाली संरक्षण, भविष्यका निर्माण योजनाहरू, विपद् व्यवस्थापन तथा खुला स्थान आवश्यकताका कारण सो क्षेत्रमा हालसम्म कुनै संरचना निर्माण गरिएको छैन । प्रतिष्ठानका…
सल्यान – सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ जना करारका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब नपाउँदा अस्पतालको सेवा प्रभावित भएको छ । आवश्यक बजेट नआउँदा नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एक्सरे टेक्निसियन, कार्यालय सहायक, र वार्ड सहायकहरू आर्थिक संकटमा परेका छन् । तलब नपाउँदा कर्मचारीहरूले सरसापटी लिएर गुजारा चलाइरहेका छन् । “घर खर्च चलाउन गाह्रो भयो। पटक–पटक तलब माग्दा पनि सुनुवाइ हुँदैन। काम गर्ने मन पनि मरिसक्यो,” अस्पतालमा कार्यरत अहेव जेनिसा बस्नेत भन्छिन् । ल्याब असिस्टेन्ट अन्जना रानाका अनुसार प्रदेश सरकारको ढिलाइले समस्या जटिल बन्दै गएको छ। “नौ वर्षदेखि काम गर्दै आएँ, यस्तो अवस्था कहिल्यै थिएन ।” स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा.…
काठमाडाैं- नेपालमा नागरिकको स्वास्थ्य सुधारका लागि सरकारले प्रोटिन सुरक्षालाई कानुनी रूपमा व्यवस्थित गर्न पहल गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिनको सुनिश्चितताका लागि कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । विश्व प्रोटिन दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले प्रोटिन सुरक्षालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समेट्नुपर्ने बताए । नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी व्यवसायी संघ नेपाल तथा युसेकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनले सरोकारवालाहरूसँग छलफल गरी नीति निर्माण अघि बढाउने उल्लेख गरे । उनले स्वास्थ्य विमालाई अनिवार्य बनाउनुपर्ने भन्दै यसले सबै नागरिकको स्वास्थ्य सेवामा…
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सेवा विस्तारलाई तीव्रता दिँदै विभिन्न सुधारात्मक कदम चालेको छ। अपरेशन सेवा, एमआरआई परीक्षण, ल्याब क्षमता वृद्धि र सरसफाइ सुधारमा विशेष ध्यान दिइएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले बताएका छन्। अस्पतालमा हालसम्म एक सिफ्टमा मात्र सञ्चालन हुँदै आएको अपरेशन सेवा अब दैनिक दुई सिफ्टमा सञ्चालन गरिने भएको छ । “हामीले एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने तयारी पूरा गरिसकेका छौं,” डा. गौतमले जानकारी दिए । यसले बिरामीलाई चाँडो सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ । वीर अस्पतालले एमआरआई सेवामा पनि सुधार ल्याएको छ । हाल दैनिक २५ जना बिरामीले मात्र सेवा…
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन् । व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा आज २८औं स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवासँग छलफल गरेर निष्कर्षमा पुर्याउनु पर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।’ मन्त्री पौडेलले संघीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने बताए…
सिरहा- सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गगरे । “हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भने । उनका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि रु १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने…
बैतडी – जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर हाजिर भएका छन् । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा। रामकुमार यादव र मेडिकल अधिकृत डा निश्चल ज्ञवाली मङ्गलबार बैतडी अस्पताल आएका हुन् । उनीहरूले मङ्गलबारदेखि नै जिम्मेवारी सम्हालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा यादव प्रदेश सरकारको परामर्श सेवा र मेडिकल अधिकृत ज्ञवाली छात्रवृत्ति करारबाट बैतडी अस्पतालमा हाजिर भएका मेसु डाक्टर विकले बताए । अब जिल्ला अस्पताल बैतडीमा दुई विशेषज्ञ, एक डेन्टल र छ मेडिकल अधिकृत गरी जम्मा नौ जना डाक्टर कार्यरत रहेका छन् । डा यादवले कामकाज थालेसँगै बैतडी अस्पतालबाट स्त्री तथा प्रसूतिरोगसम्बन्धी जाँच र उपचार गर्न…
कैलाली- कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ । जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख/प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो । जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न त्यहाँ पुगेका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गरेका थिए । सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाद्वारा सम्पादित…
डा. अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा हेरिन्थ्यो भने दुब्लो, पातलोलाई रोगीको रुपमा हेर्ने गरिन्थ्यो । तर विस्तारै यस्तो सामाजिक सोचमा परिवर्तन आएको छ । अहिले अधिकांश मानिस आफूलाई स्वस्थ राख्न मोटो हुनबाट निकै सचेत रहेको पाइन्छ । मोटोपनबाट हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा जानकारी राख्नेहरूको सङ्ख्या बढ्दैछ । मोटोपनलाई रोगको घरको रुपमा लिन थालिएको छ । यद्यपि, कतिपय मानिसहरू चाहेर वा नचाहेर पनि मोटोपनको सिकार बनेका छन् । मोटोपन भएकालाई जुन कारण र जति धेरै स्वास्थ्य जोखिम छ दुब्लो पातलोलाई त्यस्तो हुन्न । दुब्लो भएर पनि धुमपान गर्ने, चिनीयुक्त खानेकुरा खाने, सन्तुलित भोजन नगर्ने, तनावग्रस्त…

