जनकपुरधाम – धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिए । उनले सुत्केरी भइसकेपछि पनि विभिन्न कारणले आमा तथा शिशुको स्वास्थ्य जोखिम हुन सक्ने र यसबाट जोगाउन एम्बुलेन्स सेवाले सहयोग पुग्ने बताए । नगरपालिकाले अन्य बिरामीलाई न्यून शुल्कमा उक्त एम्बुलेन्स सेवा उपलब्ध गराउने पनि जानकारी दिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिक पहुँच वृद्धि गर्न…
स्वास्थ्य डायरी
पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले छिमेकी मुलुक भारतमा वर्डफ्लूको प्रकोप फैलिएपछि सीमावर्ती भारतीय भूमिबाट कुखुरा, चल्ला र सेतो अण्डा आयातमा पूर्ण रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सरोकार भएकाहरूसहितको बैठकले यस्तो निर्णय गरेको हो । प्रजिअ अर्यालले सीमावर्ती क्षेत्रमा वर्डफ्लूको प्रकोप देखिएकाले उच्च सावधानी अपनाउँदै कुखुरा तथा कुखुराजन्य उत्पादनको पैठारीलाई रोक लगाउने निर्णय गरेको बताए । ‘आन्तरिक बजारमा यस्ता वस्तुको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने र सीमा क्षेत्रमा थप निगरानी बढाउने निर्णय गरिएको छ,’ उनले भने । बैठकले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा राजकुमार शाहको…
काठमाडौं – काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल तथा डेन्टल कलेजहरूले स्नातकोत्तर (पिजी) तहको क्लिनिकल साइन्स कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुल्क संरचनासम्बन्धी विश्वविद्यालयको निर्देशनप्रति आपत्ति जनाउँदै मेडिकल तथा डेन्टल कलेजहरूले शैक्षिक कार्यक्रम स्थगित गर्ने चेतावनी दिएका छन् । चिकित्साशास्त्र पढ्ने पिजी विद्यार्थीलाई निजी कलेजहरूले निर्वाह भत्ता २० हजार दिँदै आएको व्यवस्था थियो, जुन विश्वविद्यालयले तोक्ने शुल्क हो । कलेजहरूले पिजी विद्यार्थीबाट २३ लाख शुल्क लिएर उनीहरूलाई महिनाको २० हजारका दरले तीन वर्षमा ७ लाख २० हजार फिर्ता दिने व्यवस्था गर्दै आएका थिए । तर, अवासीय चिकित्सकहरूको विभिन्न आन्दोलनपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा…
काम्पाला- पूर्वी अफ्रिकी देश युगान्डामा इबोलाबाट एक जना चार वर्षीय बालकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो इबोलाबाट भएको दोस्रो मृत्यु हो । यसअघि जनवरी ३० मा इबोला प्रकोप बनेको घोषणा हुनुभन्दा एक दिनअघि एक जना वार्ड ब्वाईको मृत्यु भएको थियो । युगान्डाका स्वास्थ्य अधिकारीहरू प्रकोप चाँडै अन्त्य गर्ने आशा गरिरहेका थिए । यस्तोमा बच्चाको मृत्यु स्वास्थ्य अधिकारीहरूका लागि ठूलो धक्का भएको डब्ल्यूएचओले बताएको छ । बच्चालाई युगान्डाको राजधानी कम्पालाको एक अस्पतालमा भर्ना गरिएको शनिबार जारी विज्ञप्तिमा डब्लुएचओले भनेको छ । उपचारको क्रममा उनको मंगलबार मृत्यु भएको बताइएको छ । निगरानी र सम्पर्क ट्रेसिङलाई सुदृढ…
काठमाडौँ – नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउँछन् । उनीहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ । मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ । खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ । “धेरै…
मनाङ- जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ । उनले भने, “जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।” मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको…
इलाम- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए । उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो। सरकारी अस्पतालमा स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेका औषधि उपलब्ध हुनैपर्छ ।’ उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताए । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह समेत गरे । मन्त्री पौडेलले चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनको भनाइ छ । त्यसका लागि स्वास्थ्य…
काठमाडौं- प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ । हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा फागुन १८ र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराए । स्वास्थ्य मन्त्रालयले गत माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपिभी खोप लगाइसकेका छन् ।
ताप्लेजुङ- विद्यार्थीहरू बिरामी हुन थालेपछि स्वास्थ्यकर्मीको परामर्शमा मेरिङ्देन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । वडा नम्बर ५ थुकिम्वाको त्रिभुवन माध्यमिक विद्यालय र जनज्योति आधारभूत विद्यालय बन्द भएका हुन् । तीन सय बढी विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, टाउको र पेट दुख्ने समस्या देखिएको छ । त्रिभुवन माविका प्रधानाध्यापक कमल लिम्बूका अनुसार उक्त विद्यालयका एक सय ५० विद्यार्थी र चार जना शिक्षकमा यस्तो लक्षण देखिएको छ। जनज्योतिमा भने शतप्रतिशतमा यस्तो लक्षण देखिएको र समुदायमा समेत लक्षण देखा पर्न थालेपछि तत्काल तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको लिम्बूले जानकारी दिए । विद्यालयबाट सूचना प्राप्त भए लगत्तै स्वास्थ्यकर्मी परिचालन गरिएको…
स्याङ्जा- रेबिज रोगबाट संक्रमित घरपालुवा जनावर किनबेच गरेको आरोपमा वालिङबाट दुईजना पक्राउ परेका छन् । जनावर बिक्री गर्ने वालिङ नगरपालिकाका ५५ वर्षीय राजेन्द्रबहादुर केसी र खरिदकर्ता ५० वर्षीय शंसुद्धिन मिया पक्राउ परेका हुन् । केसीले बिरामी परेका भैंसीसहित पाडा, बाख्रा र पाठीगरी चारवटा जनावर मियालाई बिक्री गरेका थिए । बिक्रीपछि भैंसी मरेको र भैंसीमा रेबिजको लक्षण देखिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । जनावर खरिदगरी मासुका लागि बजारतर्फ लाँदै गरेको अवस्थामा मियालाई पक्राउ गरिएको हो । बालिङ नगरपालिकाका पशु प्राविधिकलाई उदृत गर्दै भैंसीमा संक्रामक रोग रेविजको लक्षण देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेको दुवैजनालाई जिल्ला अदालत स्याङ्जाबाट सङ्क्रामक…

