स्वास्थ्य डायरी

डोल्पा- डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ । ब्याक टु लाइफ इ भीको सहयोगमा फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया भइरहेको छ । शिविरमा ३४९ जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो। डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको हो । आज र भोलि जम्मा २० जना को कानको शल्यक्रिया गरिने छ । उनीहरूको सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा‍. अखण्ड उपाध्यायले जानकारी दिए ।

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही चैतमा सङ्घीय अस्पताल तथा प्रतिष्ठान सुधारका १८ कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रालयले चैत महिनाभरमा १४ वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । सोहीअनुरुप ती अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने स्वास्थ्य सचिव डा. विकास देवकोटाले बताए । मन्त्रालयको तालिकाअनुसार अस्पतालमा ‘एक्सरे फिल्म’ हटाउनेदेखि ‘आइभीआर’ सेवा थाल्ने, शय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौँ महानगरसँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र ‘एमआरआई’, ‘सीटीस्क्यान’ तथा एक्सरेमा फिल्म प्रयोग हटाएर ‘डिजिटल’ नतिजा…

विस्तृतमा...

तनहुँ- तनहुँमा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका वडा नं ६ का ६० वर्षीय नारायण मगर छन् । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै गम्भीर बिरामी परेका ४ वर्षीय बालक सुमित पुलामीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी छ । नारायण र सुमितलाई थप उपचारका लागि शनिबार राति पोखरा ल्याइएको थियो । बाँकी बिरामीको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ सर्वलाङका नारायण मगरको बारीमा उम्रिएको जंगली च्याउ टिपेर खाँदा १० जना बिरामी भएका थिए ।

विस्तृतमा...

काठमाडौं – मुलुककै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा भित्रिएको ब्रोकाउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भक्तपुरबाट ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी रहेको पाइएको छ। केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १८ वटा पसलबाट संकलित १८ प्रकारका तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। उक्त परीक्षणको क्रममा ब्रोकाउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको हो। सरकारले ३५ प्रतिशतभन्दा कम विषादी भएको तरकारीलाई उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशतसम्मको विषादी पाइएमा केही दिन भण्डारण गरेपछि मात्र उपभोग गर्न सकिने मापदण्ड तोकिएको छ। तर, ४५ प्रतिशतभन्दा बढी विषादी रहेको तरकारी उपभोगका लागि अयोग्य…

विस्तृतमा...

काठमाडाैं- अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफले नेपाललाई पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महँगो र दुर्लभ मानिने यो औषधी नेपालले निःशुल्क रुपमा प्राप्त गरेको हो । डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल औषधी नेपाल पठाएको छ। मन्त्रालयले मापदण्ड बनाएर सरकारी अस्पतालहरूमार्फत बिरामीलाई औषधी वितरण गर्ने जनाएको छ । विशेष रूपमा, वीर अस्पताललगायतका सरकारी अस्पताललाई प्राथमिकता दिइनेछ, र आगामी एक साताभित्र बिरामीले औषधी प्राप्त गर्ने छन् । नेपालमा सहजै उपलब्ध नहुने यो औषधीको एक मात्राको मूल्य झन्डै १ लाख ६० हजार रुपैयाँ पर्ने भएकाले बिरामीहरूका लागि यो राहतस्वरूप आएको छ ।…

विस्तृतमा...

यदि तपाईंलाई बारम्बार एसिडिटीको समस्या हुन्छ र यसबाट राहत मिलिरहेको छैन भने, आफ्नो खाने बानीमा केही महत्त्वपूर्ण परिवर्तन गरेर यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। एसिडिटी सामान्यतया गलत खानपान, तनाव, र अनियमित जीवनशैलीका कारण हुन्छ। यहाँ केही प्रभावकारी सुझावहरू छन्, जसले तपाईंको खानपान सुधार गरेर एसिडिटी कम गर्न मद्दत गर्नेछ। कस्तो बानी अपनाउने? १. नियमित खानपान तालिका बनाउनुहोस् प्रत्येक दिन एउटै समयमा खाना खानुहोस्। लामो समयसम्म भोकै नबस्नुहोस्। प्रत्येक २-३ घण्टामा हल्का भोजन गर्नुहोस्। २. अस्वस्थकर खानाबाट टाढा रहनुहोस् धेरै तारेको, मसालेदार र तेलयुक्त खानाले एसिडिटी बढाउन सक्छ। हल्का, उमालेको, र कम मसलायुक्त खाना खानुहोस्। ३. क्याफिन र चिसो पेय पदार्थबाट…

विस्तृतमा...

हुम्ला- सरकारले देशभरका किशोरीहरूलाई एचपिभी खोप लगाउने अभियान सञ्चालन गरे पनि हुम्लाका केही क्षेत्रका किशोरीहरू यो खोपबाट वञ्चित भएका छन् । विशेष गरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिका बस्तीहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन हुन सकेको छैन। लिमी जाने दुई मुख्य नाका—चार हजार ६७० मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेक—हिमपातका कारण बन्द हुँदा खोप पुर्याउन समस्या उत्पन्न भएको हो । स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रम सम्पर्क व्यक्ति प्रेम पाण्डेका अनुसार जिल्लाभर खोप अभियान सञ्चालन भए पनि लिमीमा भने भ्याक्सिन ढुवानी गर्न नसकिएको कारण अभियान रोकिएको छ । स्वास्थ्यकर्मी लिमीमै भए पनि खोप नपुगेको हुँदा…

विस्तृतमा...

कर्णाली- कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ । समितिका संयोजक प्रा डा कोइरालाले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री यामलाल कँडेललाई कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सकिने प्रतिवेदन बुझाएका हुन् । प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालको संस्थागत एवं संरचनात्मक सुधारका विकल्पसहित अध्ययन प्रतिवेदन तयार पार्न प्रा डा कोइरालाको नेतृत्वमा छ सदस्य समिति गठन गरी चार महिना अघि जिम्मेवारी दिएको थियो । उक्त कार्यक्रममा संयोजक प्रा डा कोइरालाले जनस्वास्थ्य नियमावली, २०७७ को अनुसूची ४ बमोजिमका विशिष्टिकृत स्वास्थ्य सेवा सुचारु गरी प्रदेशमा विद्यमान स्वास्थ्य सेवाको पहुँच र…

विस्तृतमा...

कठमाडौँ – निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्राडा विधानिधि पौडेलको विदाइ समारोहमा अस्पताललाई अब छुट्टै ऐनबाट सञ्चालन गर्नुपर्ने जोड दिइएको हो । निवर्तमान कार्यकारी निर्देशक प्राडा पौडेलले गठन आदेशबाट अस्पताल सञ्चालन गर्दा विभिन्न कठिनाई हुने भएकाले अब अस्पतालका लागि छुट्टै ऐन बनाउनुपर्ने बताए । निजामती कर्मचारी अस्प्ताल गठन आदेश २०६४ बाट सञ्चालनमा रहेको र उक्त गठन आदेशलाई ऐनमा र विनियमावलीलाई स्वास्थ्य सेवासँग मिल्ने गरी परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । प्राडा पौडेलले आफनो चार वर्षे कार्यकालमा अस्पताललाई नाफामा लगेको, नयाँ मेसिनबाट रेडियोथेरापी सेवा…

विस्तृतमा...

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले कार्यालय समयमा अवैध मेडिकलबाट औषधि विक्री गर्ने गरेको खुलासा भएको छ । प्राप्त अडियोका आधारमा, शाहले बन्द गरेको मेडिकलबाट औषधि विक्री गरिरहेको भेटिएको हो । यसबाहेक, एक फोटोमा उनी आफ्नो मेडिकलको स्थानमा सामान्य बेडमा बिरामीको उपचार गर्दै देखिएका छन् । शाहले करारका कर्मचारीलाई प्रयोग गरेर मेडिकल नभएको ठाउँबाट औषधि वितरण र बिरामीको उपचार गर्ने गरेको थाहा भएकाे छ । अडियोमा एक सेवाग्राहीले आमचोरा स्वास्थ्य चौकीमा कार्यरत अहेब खगेन्द्र धामीलाई फोन गर्दै २ बजेमात्र उपस्थित हुने बताएका छन् । सेवाग्राहीले २ बजेसम्म प्रतीक्षा गर्ने बताएका छन्, जसले स्पष्ट पार्दछ कि कार्यालय समयमा…

विस्तृतमा...