काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौं तह) डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।
डा. क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो। यसअघि, फागुन १० गते उनलाई ७ दिने स्पष्टीकरण माग गरिएको थियो, तर प्राप्त जवाफ असन्तोषजनक ठहरिएपछि पुनः १५ दिने समयसहित थप स्पष्टीकरण माग गरिएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै, यदि सेवाबाट हटाउनु नपर्ने कुनै ठोस कारण भए प्रमाणसहित पेश गर्न निर्देशन दिएको छ।
