स्वास्थ्य डायरी

काठमाडाैं– आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा ‘स्वस्थ शुरुवात, समृद्ध भविष्य’ रहेको छ । दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै आज वर्षव्यापी अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । स्वस्थ शुरुवात, समृद्ध भविष्य भन्ने मूल नारासहित यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गर्छ । यस अवसरमा, विश्व स्वास्थ्य सङ्गठन तथा…

विस्तृतमा...

काठमाडाैं- मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा हाल औषधिको गम्भीर अभाव देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति केन्द्रमा पटक–पटक निर्देशक परिवर्तन हुनुका साथै देखिएको आन्तरिक विवादका कारण आवश्यक औषधिहरू समयमै खरिद हुन सकेका छैनन् । औषधिको अभावका कारण विशेष गरी विपन्न वर्गका बिरामीहरू उपचारबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । यद्यपि प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोत परिचालन गरी अत्यावश्यक औषधिहरू खरिद गरेर सेवा निरन्तर राख्ने प्रयास गरेका छन्, तर सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधिमध्ये आधाभन्दा कम मात्र उपलब्ध गराउन सकिएको छ । यसबाहेक, प्रदेशका एक सय ३६ पालिकामा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किटको समेत अभाव…

विस्तृतमा...

वीरेन्द्रनगर—अटो दुर्घटनामा परेर घाइते भएका सिनियर अहेब नरबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ । ११ चैतमा ४३ वर्षीय खत्री सानीभेरी—३ को बेलटापु नजिकै भएको अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । शनिबार उनको भारतको लखनउमा निधन भएको हो । खत्री सानीभेरी गाउँपालिका–६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिनियर अहेब पदमा कार्यरत थिए । घटना लगतै उनलाई उपचारका लागि तत्काल चौरजहारी अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगन्ज हुँदै भारतको लखनउ लिइएको थियो । उनको टाउको, गर्दन, मेरुदण्डलगायतका शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो । सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

विस्तृतमा...

काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आवासीय चिकित्सक माइतीघरमा धर्नामा बसेका छन् । यसअघि निजी मेडिकल कलेजमा धर्ना र विरोध जनाइरहेका उनीहरू आइतबारदेखि सडकमा उत्रिएका हुन् । आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी आयोगले गरेको निर्णय नमान्ने निजी मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । ती कलेजमा सरकारी अनुदान तथा स्वास्थ्य बिमा कार्यक्रम रद्द गर्नुपर्ने र स्नातकोत्तर तहका सबै कार्यक्रमको सम्बन्धन खारेज गर्नुपर्ने उनीहरूको माग छ । यस्तै कार्यसमय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शितालगायत विषय समेटी स्नातकोक्तर (पीजी) कार्यक्रम सञ्चालन कार्यविधि तत्काल बनाइनु पर्ने उनीहरूको माग छ । आयोगले गत माघ २५ को बैठकबाट निजी मेडिकल कलेजमा…

विस्तृतमा...

काठमाडौं- देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा. शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन् । अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ । उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य…

विस्तृतमा...

केही दिनदेखि वायु प्रदुषणका कारण काठमाण्डौ उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’का अनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । काठमाडाैंमा वायु प्रदूषणकै कारण मानिसको ज्यान गएको घटना सार्वजनिक नभएको भए पनि यतिबेला वायु प्रदूषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरुमा जाने बिरामीको सङ्ख्या बढेको छ । अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अहिस श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताउनुभयो । छातीको समस्याका कारण कतिपय…

विस्तृतमा...

काठमाडौं- ढोकाको ह्यान्डल छोइँदा वा कसैसँग हात मिलाउँदा अचानक ‘झट्का’ महसुस गर्नु भएको छ ? एकछिनका लागि अचम्म, डर, र हासो मिसिएको त्यो अनुभवको पछाडि गम्भीर वैज्ञानिक कारण लुकेको हुन्छ जुन हो ‘स्टाटिक इलेक्ट्रिसिटी’। यो झट्का सामान्यतया हानिकारक त हुँदैन, तर किन यस्तो हुन्छ ? अनि के यसबाट बच्न सकिन्छ ? आज हामी तपाईंलाई यिनै प्रश्नहरूको सरल उत्तर दिन गइरहेका छौं । जब तपाईं दुई फरक सतह जस्तै कार्पेट र मोजाबीच घर्षण गर्नुहुन्छ, तब इलेक्ट्रोनहरू सर्न थाल्छन् । यसै क्रममा तपाईंको शरीरमा विद्युत् चार्ज जम्मा हुन थाल्छ । यो चार्ज बाहिर निस्कन नपाउँदा तपाईंको शरीर ‘स्टाटिक इलेक्ट्रिसिटी’को एक भण्डार जस्तै…

विस्तृतमा...

सिरहा- लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंहले शुक्रबार नगरपालिकाले वितरण गरेको पौष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् । “हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पौष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।” अस्मिताजस्तै वडाका ३४ जना गर्भवती तथा १८ जना सुत्केरीले शुक्रबार पौष्टिक आहारसहितको पोषण सामग्री पाएका छन् ।…

विस्तृतमा...

काठमाडौं– काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ । लामोसमयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको मौसमविद्हरूले बताएका छन् ।…

विस्तृतमा...

ललितपुर – बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागूऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको छ । ‘बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि…

विस्तृतमा...