काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले मंगलबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । प्रसाईविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुई मुद्दा दायर भएको थियो । दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टीका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो । उनीविरुद्ध अर्को पनि उजुरी परेको थियो । ८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले…
स्वास्थ्य डायरी
काठमाडौँ – शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार सेवा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ । बैठकमा बोल्दै मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टीकृत उपचार विस्तार…
तनहुँ- यहाँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको छ । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको थियो । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको थियो । हरेक स्थानीय…
काठमाडौं- भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई गएराति चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ । पेट दुखेपछि उनलाई भर्ना गरिएको बताइएको छ । त्यस्तै केही भारतीय मिडियाहरूले भने रजनीकान्तको मुटु सम्बन्धी समस्या भएको र आजै मुटुको शल्यक्रिया गरिने बताएका छन् । रजनीकान्तको स्वास्थ्य पछिल्लो केही वर्षयता पटक-पटक बिग्रिएको छ । रजनीकान्तको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण समेत गरिएको थियो ।
अछाम- सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री मेघराज खड्काले बयल्पाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् । मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री खड्काले साँफेबगर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि विज्ञहरूको टिम बनाएर विशिष्टकृत अस्पतालको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिने बताए । मन्त्री खड्काले चालु आर्थिक वर्षका लागि ७ करोड ५० लाख बजेट अस्पतालका विनियोजन गरिएको जानकारी दिए । उनले भने, ‘सिधै कुनै संघसंस्थालाई तलब खुवाउनु भनेर बजेट हाल्न मिल्दैन, अहिले मात्र बजेट विनियोजनले तत्कालको समस्या समाधान त होला ,पछि फेरि यो समस्या आईहाल्छ । त्यसैले यसको दीर्घकालीन व्यवस्थापनका लागि योजना…
काठमाडाैं- गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी पहिरोका कारण स्वास्थ्य संस्थाहरूमा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको छ । बाढी पहिरो र डुबानबाट बागमती प्रदेशका विभिन्न जिल्लाका एक दर्जन स्वास्थ्य संस्थामा क्षति पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाह प्रभावित बनेको हाे । सबैभन्दा बढी भक्तपुर जिल्लाका स्वास्थ्यमा स्वास्थ्य संस्थामा अविरल वर्षापछि डुबानमा परेर क्षति र सेवा प्रवाह प्रभावित भएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं. ७ मा रहेको सिद्धि मेमोरियल बाल अस्पतालको तल्लो तला डुबानमा परी प्रयोगशाला र आतपकालीन सेवा प्रभावित बनेको छ । भक्तपुर नगरपालिका १ मा रहेको डा. इवामुरा अस्पताल र बिपी…
काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले अविरल वर्षाका कारण प्रभावितको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न सरोकार भएका सबैलाई आग्रह गरेको छ । प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन, विपद्पश्चात् तत्काल उद्धार, राहतको प्रभावकारी व्यवस्था मिलाउन आयोगले सरोकार भएकालाई आग्रह गरेको हो । ‘बेपत्ता भइरहेकाको खोजीकार्यलाई निरन्तरता दिन, घाइतेको सबै प्रकारका स्वास्थ्योपचारको निःशुल्क व्यवस्था मिलाउन तथा बसोबासको व्यवस्था गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रकृतिक विपद्पछि खाद्यान्नसहित उपभोग्य सामग्रीमा हुनसक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र सङ्क्रामक रोग फैलिनसक्ने अवस्थाप्रति सचेत रहन एवं यस विपद्को अवस्थामा…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको उपचार निःशुल्क बनाउने तयारी गरेको छ । मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना बनाएका थिए । मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएको छ । मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने गरी गृहकार्य गरिरहेको छ । हाल कीर्तिपुर अस्पतालबाट उपचार भैरहेकामा गत भाद्रमा वीर अस्पतालमा जलन वार्ड स्थापना गरिसकिएको छ । मन्त्रालयले सातैवटा…
वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै धर्ना कार्यक्रम सुरु भएको छ । अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि धर्ना कार्यक्रम सुरु गरेको हो । अनिश्चितकालीन धर्ना कार्यक्रम आइतबारदेखि दैनिक दुई घण्टा सुरु गरिएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानीले बताए । कार्यक्रमअन्तर्गत सोमबार पनि दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पताल परिसरमा धर्ना दिइएको उनले बताए । पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि ओषधिलगायतको व्यवस्थाको बारेमा विगत लामो समयदेखि माग गर्दै आएको भए पनि कुनै सुनुवाइ नभएपछि दबाबस्वरुप अस्पताल परिसरमै धर्ना दिइएको समानीले बताए ।…
बुटवल- लुम्बिनी प्रदेशलाई पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । ५९ महिनासम्मका सबै बालबालिकाहरूले राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन् । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ को रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० जना शून्य डाेजका र दुई हजार तीन सय ४३ जना खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजी गरेर पूर्ण खाेप लगाएपछि प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा भएको हो । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्ण खाेप पाएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले…

