घोराही (दाङ)- यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए । एमडिजिपी डा धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ । यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने उनको भनाइ छ ।
स्वास्थ्य डायरी
चैनपुर (बझाङ)- तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो । घरायसी काममा दौडधुप बढी भएपछि बिरामी परेकी उनलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन । स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए । त्यसले बिसेक नभएपछि थप उपचारका लागि उनी खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा गइन् । त्यहाँ गएपछि भने उनलाई केही दिनमै सञ्चो भयो । खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए । “उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो”, १५ वर्ष भारतमा काम गरेर फर्किएका…
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने उल्लेख गरेका थिए । बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्न यो निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुहुँदै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए। यससँगै अब देशैभरका…
काठमाडौँ- नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति सङ्घले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो । सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरुबाट…
सप्तरी- केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् । कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताए। शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उनले बताए । कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन्। पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भने, “बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हुँदा खाने कुरा छैन । चर्को घाममा खुला ठाउँमा बसेका छौँ…
हामीलाई असन्चो हुँदा हामी खाली डाक्टरकोमा धाउँछौं । तर, हाम्रा भान्साकोठामा अनेकौं औषघिहरू छन्, जस्तै करेला, गाँजर, पालुंगो साग । माथि दिइएका साग सब्जीको जुस खानाले हामीलाई अत्यन्तै फाइदा हुन्छ । करेलाको जुसले हामीलाई जुका परेमा, जण्डिस रोग लागेमा र उच्च रक्तचापले सताएमा काम गर्दछ । यसैगरी गाँजरको जुसले हाम्रो आँखालाई फाइदा गर्दछ भने पालुंगोको जुसले हामीलाई इनर्जी दिन्छ । अझ लौकाको जुसमा त फाइदै फाइदा छन् । करेलाको जुसका फाइदाः१. जुका परेमा तीन दिनसम्म १–१ चम्चा करेलाको रस विहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छ । २. जण्डिस(कमलपित्तमा) एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर…
-डा आगँकृष्ण श्रेष्ठ अक्टोबर महिनालाई ‘पिङ्क अक्टोबर’ भनेर चिनिन्छ । यसको उद्देश्य स्तन क्यान्सर सम्बन्धी जनचेतना जगाउने भन्ने हुन्छ । उनका अनुसार महिलाहरूलाई स्तन क्यान्सरको बारेमा जानकारी गराई घरमा बसेर स्तनको परीक्षण गर्ने, स्तन क्यान्सरका लक्षणहरु पत्ता लगाई समयमै उपचार गराउन सहयोग गर्ने साथै स्तन क्यान्सर जितेर आएका महिलाहरुलाई हर्ष उल्लासको आवाज दिने जस्ता भूमिका पिङ्क अक्टोरमा रहन्छ । ग्लोबल क्यानको तथ्यांकअनुसार स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्येको पहिलो क्यान्सर हो । । हरेक वर्ष नेपालमा २ हजार २५० को हाराहारीमा नयाँ स्तन क्यान्सर देखिने गरेको छ । तीमध्ये झण्डै ५० प्रतिशत अथवा १२ सय जनाको मृत्यु हुने गरेको छ ।…
काठमाडौं- मोरङकाे उर्लाबारी नगरपालिका–७ का अनाथ बालगृहका बालबालिकाहरूको नेपाली कांग्रेस नेता एवं सांसद डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य उपचार र स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेका छन् । शर्माले उक्त अनाथ बालगृहमा बासेवास गर्दै आएका बालबालिकाहरूको एक वर्षका लागि स्वास्थ्य उपचार र बीमा गर्ने घाेषणा गरेका हुन् । समाजसेवी मिना बरालले सुदूरपश्चिम, कर्णालीदेखि देशका विभिन्न ठाउँहरूबाट अनाथ बालबालिकाहरू ल्याएर गाँस, बास, कपास, शिक्षा लगायत सबै कुराको व्यवस्थासहित सो बालगृह सञ्चालन गर्दै आएकी थिइन् । अब भने शर्माले पनि उक्त बालगृहमा बस्ने बालबालिकाप्रति आफ्नो पनि उत्तरदायित्व बहन गर्दै उक्त जिम्मेवारी लिएका छन् । अनाथ बालगृहमा भएका बालबालिकाहरूको नोबेल मेडिकल कलेज विराटनगर र…
काठमाडौं- काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ। यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् । काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय…
काठमाडौं- नेपाल प्रहरीकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन् । प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत प्रहरी निरीक्षक डा. शिवानी सिंह कार्यालयमा वैशाखदेखि अनुपस्थित भएकी हुन् । चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले १४ दिन घर बिदा लिएकी थिइन् । त्यसपछि लगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृहमन्त्रालयले जनाएको छ। वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुनः सूचना जारी गरेको छ । यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने…

