स्वास्थ्य डायरी

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेकामा अर्थ मन्त्रालयसँगको सहमतिमा स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएका थिए । यसका लागि मन्त्रालयका सहसचिव ऋषि आचार्यको नेतृत्वमा आन्तरिक कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले दुई हजार १ सय २ जनशक्ति थप गर्न सकिने गरी सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको सङ्ख्या अधिक छ । पाँच वर्षसम्म हरेक वर्ष जनशक्ति थप्ने गरी तयार पारिएको सङ्गठन संरचनामा देशको सबैभन्दा ठूलो…

विस्तृतमा...

काठमाडौं– मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र…

विस्तृतमा...

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए । उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ,भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ । डेकेयर…

विस्तृतमा...

नयाँ दिल्ली – भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने…

विस्तृतमा...

काठमाडाैँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने ‘मेडिकल इम्प्लान्ट/स्टेन्ट’ अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ। मेडिकल इम्प्लान्ट चोटपटकमा क्षतिग्रस्त शरीरका संरचनाहरूलाई जोड्न तथा भर्न प्रयोग हुन्छन्। जस्तो, हड्डी भाँचिदा रड राखिन्छ। तिनीहरू स्थायी वा अस्थायी हुन सक्छन्। यस्तै, स्टेन्ट भन्नाले अवरुद्ध भएका रक्तनलीलाई खुलाउन प्रयोग हुने ट्युब हुन्। त्यस्ता वस्तु हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा खरिद गर्नु परिरहेको छ। सरकारी अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियामा आवश्यक पर्ने त्यस्ता…

विस्तृतमा...

काठमाडौं- छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ। छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए। प्रवक्ता डा बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन्। पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र…

विस्तृतमा...

जुम्ला- पूर्वयुवराज्ञी हिमानी शाह जुम्लाको गुठिचौर गाउँपालिका पुगिन् । त्यहाँ उनले हिमानी ट्रष्टद्वारा निर्माण हुन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिन्। उनी आफ्ना छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी हुन्। जुम्ला विमानस्थलमा स्थानीयवासीले हिमानी शाहलाई भव्य स्वागत गरेका थिए। सामाजिक उत्तरदायित्वअन्तर्गत हिमानी ट्रष्टले निर्माण गर्न लागेको यो सेवा केन्द्रले मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीयबासीले यस पहललाई मातृ र शिशु स्वास्थ्य सुधारतर्फको महत्वपूर्ण र भावनात्मक कदमका रूपमा स्वागत गरेका छन्। गुठिचौरको मनिसाङ्घमा निर्माण हुने केन्द्रबाट दुर्गम क्षेत्रका आमाहरूलाई सहज र सुरक्षित सुत्केरी सेवा उपलब्ध गराउने लक्ष्य ट्रष्टले लिएको छ।

विस्तृतमा...

झापा- मेचीनगर नगरपालिकाका विभिन्न वडामा ‘लम्पी स्किन डिजिज’ र ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि भएको छ। नगर प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं २, ३, ७, ८, ९ र १४ मा गाईवस्तुमा ‘लम्पी स्किन’ र वडा नं ६ स्थित बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण फेला परेको हो। ‘सङ्क्रमण पुष्टि भइसकेपछि नियन्त्रण र रोकथामका लागि सातजना प्राविधिक कर्मचारी परिचालन गरेका छौँ,’ अधिकारीले बताए। ‘कोशी प्रदेश र संघीय सरकारका सम्बन्धित निकायसँग पनि आवश्यक सहयोगका लागि समन्वय भइरहेको छ।’ पशु सेवा शाखाका प्राविधिक छत्र राईले ‘लम्पी स्किन’ लागेका गाई र बाच्छीहरूलाई गोठमै पुगेर उपचार सुरु गरिएको जानकारी दिए। ‘घाउ खटिरा,…

विस्तृतमा...

काठमाडौँ- नेपालमा पहिलोपटक ट्रान्सजेन्डर (पारलैंगिक) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) सफलतापूर्वक सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै मेल टु फिमेल सेक्स चेन्ज अपरेसन पहिलोपटक नेपालमै सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो। अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डर व्यक्तिमा गरिएको यस शल्यक्रियामा पुरुषको लिंगमा रहेका तन्तुहरूको प्रयोग गरी महिलाको यौनअंग पुनर्निर्माण गरिएको हो। यसबाट सम्बन्धित व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।’ शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका शल्यक्रिया गरेको थियो। त्यही क्रममा नेपालकै पहिलो सेक्स…

विस्तृतमा...

म्याग्दी – मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको…

विस्तृतमा...