सुर्खेत – एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो ।एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको…
स्वास्थ्य डायरी
कैलाली- सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको विभिन्न ठाउँबाट फर्किएका उनीहरूमा संक्रमण पुष्टि भएको हो। शुक्रबार कैलालीको गौरीफन्टा नाका भएर नेपाल भित्रिएका ३० जनामा एन्टिजेन परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ। यो सँगै सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ। भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिरहेको छ। कोरोना सङ्क्रमण फैलिरहेको क्षेत्रबाट नेपाल भित्रिने नेपालीलाई कोरोना परीक्षणका लागि किट अभाव हुँदा गड्डाचौकी नाकामा परीक्षण हुन सकेको छैन।
काठमाडौं- उनलाई बुवाको अनुहार सम्झना छैन, आमाको आँगन देख्न पाइननन्। जन्मदिने आमाबुबा नभए पनि हुर्काउने मायाको कमी थिएन। कारण थिए, “बसन्त बुवा”। जसले उनलाई एक निस्वार्थ मन, आमा बराबरको माया र संरक्षकको साथ दिए। आज उनी लक्ष्मी रानाभाट “डाक्टर” बनेकी छन्। चिकित्सा क्षेत्रको सबैभन्दा कठिन परीक्षा लाइसेन्स परीक्षा उत्तीर्ण गरेर उनले डाक्टरको परिचय पाएकी छन्। उनको कथा मात्र एक शैक्षिक सफलताको होइन। माया, संघर्ष, संरक्षण र सामाजिक उत्तरदायित्वको पनि हो। लक्ष्मीको जीवनलाई उज्यालो बनाउने महत्वपूर्ण आधार रह्यो, “आमा स्मृति प्रतिष्ठान”। जसको स्थापना बसन्त राज दवाडीले आफ्नी आमाको सम्झनामा गरेका हुन्। आमाको निधनपछि उनले आफ्नी आमाको सपना बाँचिरहोस् भनेर थुप्रै अभिभावकविहीन…
काठमाडौं– सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् । यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत् पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन् । त्यस्तै…
मानव शरीरमा मुटुले निरन्तर रूपमा खुम्चने (सिस्टोल) र आराम गर्ने (डायस्टोल) प्रक्रिया सञ्चालन गर्छ, जसलाई कार्डियाक चक्र भनिन्छ। औसतमा एक कार्डियाक चक्र ०.८ सेकेन्डमा सम्पन्न हुन्छ र मुटुले एक मिनेटमा झन्डै ७५ पटक यस्ता चक्र दोहोर्याउँछ। यस प्रक्रियासँगै, मुटुले पम्प गर्ने रगतले रक्तनलीका भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। रगत पम्प गर्दा नलीहरूमा पर्न जाने उच्च दबाबलाई सिस्टोलिक चाप, र विश्रामको समयमा पर्न जाने न्यून दबाबलाई डायस्टोलिक चाप भनिन्छ। उच्च रक्तचाप (हाइपरटेन्सन) को समस्याले टाउको झम्झमिने, आँखामा पीडा हुने, र दीर्घकालीन रूपमा मुटु, मिर्गौला तथा मस्तिष्कसम्बन्धी रोगको जोखिम समेत बढाउँछ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार उच्च रक्तचापका प्रमुख कारणहरूमा लामो समयको मानसिक तनाव,…
काठमाडौं- प्रिभेस्ट डेनप्रोको बायोसेरामिक सीलर तालिम डा. कवलीपुरापु वेंकट तेजाको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिम रत्न इन्टरनेशनल र कान्तिपुर डेन्टल अस्पतालको सहकार्यमा आयोजना गरिएको हो। तालिममा डा. तेजाले बायोसेरामिक सीलरको वैज्ञानिक पक्ष, क्लिनिकल प्रयोगका विधिहरू, र आधुनिक रुट क्यानल थेरापीमा यसको प्रभावकारिता सम्बन्धी व्यावहारिक जानकारी प्रस्तुत गरे। कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ह्याण्ड्स-अन ट्रेनिङ र लाइभ डेमो सत्र पनि समावेश गरिएको थियो। सहभागीहरूले पर्फोरेसन मर्मत, एपेक्सिफिकेसन, रेसोरप्सन केसहरूको व्यवस्थापन तथा विश्वसनीय ओब्टुरेसनका बारेमा विस्तृत ज्ञान प्राप्त गरेका थिए। अनुभवी प्रशिक्षकहरूमार्फत क्लिनिकल डेमो र केस-आधारित छलफलहरूले सहभागीहरूलाई आधुनिक उपचार पद्धतिमा आत्मविश्वाससाथ काम गर्ने सीप प्रदान गरेकाे थियाे। कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा…
काठमाडौं- नेपालमा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा दिँदै आएको नेशनल बाथरोग सेन्टरले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ। सेन्टरले १२ वर्षमा पाँच लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ। उपचार मात्र होइन, प्रविधि, जनचेतना र दक्ष जनशक्ति उत्पादनमा समेत केन्द्रले उदाहरणीय कार्य गरेको दाबी गरेको छ। प्रवन्ध निर्देशक रोशन कक्षपति का अनुसार बाथरोगको उपचारमा केन्द्रले ‘गुणस्तर र पहुँच’लाई प्राथमिकता दिँदै आएको छ। २०१३ मै नेपालमा पहिलो पटक १८ वटा इएनए प्यानल एन्टिजेन परीक्षण सुरु गर्नु यसकै उदाहरण हो। १२ वर्षे यात्राबारे कक्षपति भन्छन्, “हामी उपचारमा सीमित छैनौं, प्रविधि, जनचेतना र मानवीय संवेदनामा पनि अग्रसर छौं। हाम्रो दृष्टिकोणले बाथरोग उपचारमा नयाँ मापदण्ड स्थापित…
दोधारा चाँदनी- सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुँदा थप परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव हुँदा नाकामा परीक्षण हुन नसकेको जानकारी दिए । ‘बुधवार कैलालीको गौरीफन्टा नाकामा भारतबाट आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ’, जोशीले भने, ‘थप परीक्षणका लागि किट अभाव छ, हामीले सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौं ।’ बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा…
काठमाडौँ- भारतमा फेरि कोरोनाभाइरस संक्रमणको संख्या बढ्न थालेको छ। पछिल्लो विवरण अनुसार झन्डै ४ हजार सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार हाल देखा परेका चार भेरिअन्टमध्ये ‘जेएन १’ प्रमुख भेरिअन्ट हो, जुन ओमिक्रोनको सब-भेरिअन्ट हो। डा. संजय रायका अनुसार जेएन १ नयाँ नभई अघिल्लो वर्ष नै पत्ता लागेको भेरिअन्ट हो। यसबाट हुने लक्षण सामान्य रुघाखोकीजस्तै छन्। हालसम्म यो खतरनाक देखिएको छैन। तर यसले तीव्र गतिमा संक्रमण फैलाउन सक्ने भएकाले सर्तकता आवश्यक छ। विशेषज्ञहरूको भनाइमा, दुई–तीन वर्षअघि लगाइएका कोभिशिल्ड, कोभ्याक्सिन वा स्पुतनिक जस्ता खोपहरूले हालको भेरिअन्टविरुद्ध पूर्ण सुरक्षा नदिए पनि केही हदसम्म संक्रमणको गम्भीरता कम गर्न सक्छन्। बुस्टर डोज लिएका…
काठमाडौँ- नेपाली आँप पाक्ने स्वाभाविक सिजन अझै सुरु भइसकेको छैन । असारपछि मात्र बजारमा आइपुग्ने नेपाली आँप अहिले भने कार्बाइडजस्ता रसायन प्रयोग गरेर जबरजस्ती पकाइएर उपभोक्तासम्म आइपुगेको छ। यस्तो खालको आँप स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको विज्ञहरूले बताएका छन्। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार अगौटे जातको आँप अझै पाक्ने चरणमा छैन। तर, उपत्यकालगायत देशभरका बजारमा बिक्री भइसकेको छ। खुद्रा व्यापारीमार्फत उपभोक्तासम्म पुगिरहेको यस्तो आँप स्वादिलो त हुन्न नै, पोषक तत्त्वसमेत न्यून हुने विज्ञहरूको भनाइ छ। स्वास्थ्य विज्ञ डा. सञ्जीव ढकालका अनुसार, “केमिकल प्रयोग गरेर पकाइएको फलफूलले अल्पकालीन मात्र होइन, दीर्घकालीन असर पुर्याउँछ।” पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता सामान्य…

