काठमाडाैं- अहिले चाडपर्वकाे बेला छ । याे बेला धेरैजना यात्रामा गरिरहेका छन् । लामो दुरी होस् या छोटो, कतिपयलाई गाडीमा चढ्नेबित्तिकै उल्टी आउन सुरु हुन्छ । यरी उल्टी आउनुको कारण हो– मोसन सिकनेस । जसका कारण थुप्रै मान्छे यात्रा गर्न डराउँछन् । यो कुनै रोग होइन ।जब यात्रा गर्दा हाम्रो शरीर हल्लिरहेको हुन्छ, तब आँखा, कानलगायतले दिमागलाई सूचना दिइरहेको हुन्छ । ती सूचनामा गडबडी भएमा दिमागले ठिकसँग संकेत पाउँदैन । र दिमाग अलमलिन पुग्छ । त्यस्तो अवस्थामा चक्कर वा वाक्वाकी लाग्न सक्छ । यस्तो बेला के गर्ने छ ? कागती सुँघ्नुहोस्यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य…
स्वास्थ्य डायरी
कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार भन्दा धेरै कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार भन्दा धेरै लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए । ‘यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि ३० लाख बढीको क्षति छ’, उनले भने । घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति…
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडाैं बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण सुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब रु १२ करोड लागतमा निर्माण हुने ट्रमा सेन्टरको निमार्ण कार्य सुरु भएको हो । नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नयाँ आयम ल्याएको बताए । ट्रमा सेन्टर निर्माण पश्चात जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ । डेढ वर्षमा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पुस २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ । बर्दघाट ट्रमा सेन्टरको निमार्ण सम्पन्न भएपश्चात यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्ने जनाइएको छ ।
चितवन – स्वास्थ्य डायरीका चितवन सम्पादक जय पाठक (जेपी) नगदसहित सम्मानित भएका छन् । चितवनस्थित भरतपुर अस्पतालले आयोजना गरेको खुला निबन्ध प्रतियोगितामा पाठक उत्कृष्ट भई सम्मानित भएका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले शुक्रवार पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट निबन्धको प्रमाणपत्र प्रदान गरेका छन् । अस्पतालले गत भदौमा ‘भरतपुर अस्पताललाई अझै सेवामैत्री बनाउन कुन-कुन ठाउँमा बढी ध्यान दिनुपर्छ ?’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कुल ३० जनाको सहभागिता रहेको अस्पतालले जनाएको छ । पाठक सहित अन्य ३ जनालाई समेत अस्पतालले सम्मान गरेको छ । यसअघि अस्पतालले ‘तपाईं भरतपुर अस्पतालको मेसु भए के गर्नुहुन्छ…
काठमाडौं- गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गत भदौ १० गते एपोलो अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उपचार भइरहेको बेला स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार मृत्यु भएको हो । गोरखामा डेंगुबाट अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कञ्चनपुर- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए । ‘अव्यवस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ,’ भट्टले भने, ‘यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक रु बीस हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।’ उनका अनुसार फोहरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक पन्ध्र…
ललितपुर- गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्नेमा पनि छ । बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरुको चिन्ता छ । ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी…
काठमाडौँ- शिक्षा मन्त्रालयलले चिकित्सा शिक्षा आयोगका बहुसंख्यक कर्मचारीहरुलाई अन्यत्र सरुवा गरी भ्रष्टाचारमा संलग्न र माफियाका मतियार लगायत कर्मचारीहरुलाई आयोगमा सरुवा गर्न लागेको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले बताएका छ । उनले बिहीबा रएक विज्ञप्ति जारी गरी सरुवा सम्बन्धी निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् । ‘विद्यार्थी र आम नागरिकहरूको हितको लागि सुझाइएका सुधारका कार्यहरू शीघ्र अगाडि बढाउन पुनः स्मरण गराउँदछु । अन्यथा सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रमहरू सुरु गर्न बाध्य हुनेछौँ भन्ने चेतावनी दिन्छु। सबै नेपालीहरूको अथक प्रयासबाट गुणस्तरीय, निःशुल्क तथा सस्तो स्वास्थ्य सेवा र शिक्षामा समतामूलक पहुँचका लागि जारी गरिएको चिकित्सा शिक्षा ऐन, नेपाल…
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानको अन्य सरकारी अस्पतालको तुलनामा सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताएका हुन् । ‘तपाईँहरूको सेवा तुलनात्मक रूपमा राम्रो छ । तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ’, उनले भने । मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकोमा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे । उनले अब विशिष्टिकृत बिरामीहरूको पनि उपचार हुने गरी सेवा विस्तार गर्न अस्पताललाई सुझाव दिए…
काठमाडौं– नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सीमावर्ती बलानबिहुल गाउपालिका नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि सर्वसाधारणहरूलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ । गत साताको अविरल वर्षाको कारण उक्त पालिकाका केही स्थानहरू समेत डुबान तथा कटानबाट प्रभावित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरङ्ग सेवा, दन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिए । पाण्डेले आफ्नो निजी पहलमा नजिक आँखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गरेका…

