काठमाडौं- प्रिभेस्ट डेनप्रोको बायोसेरामिक सीलर तालिम डा. कवलीपुरापु वेंकट तेजाको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिम रत्न इन्टरनेशनल र कान्तिपुर डेन्टल अस्पतालको सहकार्यमा आयोजना गरिएको हो।

तालिममा डा. तेजाले बायोसेरामिक सीलरको वैज्ञानिक पक्ष, क्लिनिकल प्रयोगका विधिहरू, र आधुनिक रुट क्यानल थेरापीमा यसको प्रभावकारिता सम्बन्धी व्यावहारिक जानकारी प्रस्तुत गरे। कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ह्याण्ड्स-अन ट्रेनिङ र लाइभ डेमो सत्र पनि समावेश गरिएको थियो।
सहभागीहरूले पर्फोरेसन मर्मत, एपेक्सिफिकेसन, रेसोरप्सन केसहरूको व्यवस्थापन तथा विश्वसनीय ओब्टुरेसनका बारेमा विस्तृत ज्ञान प्राप्त गरेका थिए। अनुभवी प्रशिक्षकहरूमार्फत क्लिनिकल डेमो र केस-आधारित छलफलहरूले सहभागीहरूलाई आधुनिक उपचार पद्धतिमा आत्मविश्वाससाथ काम गर्ने सीप प्रदान गरेकाे थियाे।

कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा रहेका डा. तेजा हैदराबादस्थित मामाता इन्स्टिच्युट अफ डेन्टल साइन्सेसका एसोसिएट प्रोफेसर तथा “द डेन्टल अफिस बाइ ए एन्ड टी” का म्यानेजिङ डाइरेक्टर समेत हुन्। उनले माइक्रो-एन्डोडन्टिक्समा उच्च प्रशिक्षण तथा पीएचडी हासिल गर्नुका साथै १२० भन्दा बढी वैज्ञानिक अनुसन्धान प्रकाशित गरिसकेका छन्।
यो सत्र दन्त चिकित्सक, विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि ज्ञानवर्धक तथा व्यावसायिक रूपमा उपयोगी सिद्ध भएको सहभागीहरूले बताएका छन्। रत्न इन्टरनेशनल र कान्तिपुर डेन्टल कलेजको सक्रिय सहभागिताले नेपाली दन्त समुदायमा गुणस्तरीय तालिमको नयाँ उदाहरण प्रस्तुत गरेको आयोजकहरूले जनाएका छन्।







