काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क तोक्न आवश्यक रहेको बताएका छन्।

बुधबार (असार ३२) ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले डेंगी परीक्षण सकेसम्म निःशुल्क गराउने प्रयास गरिने र त्यो सम्भव नभए निश्चित शुल्क निर्धारण गरिने बताएका हुन्।

“गरिब र दुःखी नागरिकलाई परीक्षणको नाममा लुट्ने काम अब सह्य हुँदैन,” मन्त्री पौडेलले चेतावनी दिँदै भने, “यसमा कडाइ गरिनेछ।”
उनले डेंगीबारे सरकारले आवश्यक काम गर्न नसकेको स्वीकार गर्दै यो रोगका कारण समाज नै प्रभावित भइरहेको टिप्पणी गरे।
Last Modified Date: २०८२ असार ३२, बुधबार







