काठमाडौं- बसुन्धरास्थित केडीसी जनरल अस्पतालले साउन महिनाभरि परीक्षण गराउने सेवाग्राहीलाई विभिन्न सेवा निःशुल्क रूपमा प्रदान गर्ने भएको छ। अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार साउन महिनाभर अस्पतालमा आउने आम सर्वसाधारण र बिरामीलाई सामान्य चिकित्सा तथा शल्यक्रिया (सर्जरी) सम्बन्धी प्रारम्भिक परीक्षण सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ। यस्तै, प्रसूति र स्त्री रोगसम्बन्धी परीक्षणहरूमा समेत शुल्क नलाग्ने व्यवस्था गरिएको छ। साथै, अस्पतालले प्रयोगशालासम्बन्धी सेवाहरूमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ। छुट लागू गरिएका सेवामा एक्स–रे, ल्याब टेस्ट, पाठेघरको मुखको परीक्षण (प्याप स्मियर) तथा भिडियो एक्स–रे सेवा समावेश छन्। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमा सञ्चालित केडीसी जनरल अस्पतालमा विशेषज्ञ…
स्वास्थ्य डायरी
पोखरा- पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक महिलाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. खीमबहादुर खड्काले ७४ वर्षीया महिलाको कोरोना संक्रमण पुष्टि भई मृत्यु भएको जानकारी दिए । ‘उनी ८ दिनअघि संक्रमित भएकी थिइन् । हिजो उहाँको निधन भएको सूचना प्राप्त भएको छ,’ उनले भने । मृतक महिला चरक मेमोरियल अस्पतालमा उपचाररत थिइन् । अस्पताल प्रशासनका अनुसार उनलाई उच्च रक्तचाप (हाई ब्लड प्रेसर) र मधुमेह (डायबेटिज) समेत थियो । निर्देशक खड्काले भने, ‘उहाँमा अन्य दीर्घरोग पनि थिए । कोरोना संक्रमण पनि देखिएको हो, मृत्युमा त्यो एसोसियटेड (सम्बद्ध) हुन सक्छ । अन्य कारण पनि हुन सक्छन्,…
रुपन्देही- जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा गरिएको अनुगमनपछि बुटवलमा दर्ता प्रक्रिया पूरा नगरी लामो समयदेखि सञ्चालनमा रहेका तीनवटा आइभिएफ (प्रजनन उपचार केन्द्र) सेन्टरलाई कारबाही गरिएको छ। आइतबार स्वास्थ्य कार्यालय रुपन्देहीसहितको संयुक्त टोलीले ती केन्द्रहरूमाथि छापा मार्दै प्रत्येकलाई एक/एक लाख रुपैयाँ जरिवाना गरेको छ। त्यसमध्ये एक सेन्टरमा भने ताला नै लगाइएको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएरमात्र यस्ता सेवा सञ्चालन गर्न सकिने कानुनी व्यवस्था छ। तर, बुटवलमा बिना अनुमति सञ्चालन भइरहेका सूचनाका आधारमा जिल्ला अनुगमन समितिले अनुगमन थालेको हो। अनुगमन टोलीले बुटवल उपमहानगरपालिका–९ स्थित वरदान आइभिएफ सेन्टर प्रालि, बुटवल–६ सुख्खानगरको वात्सल्य बुटवल क्लिनिक प्रालि र बुटवल–१० राजमार्ग चौराहास्थित प्रनाभी…
बैतडी- बैतडीस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ। शनिबार जिल्ला अस्पतालमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो। करिब ५८ र ६८ वर्षीय दुई पुरुषको हर्नियाको सफल शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद पन्तले जानकारी दिए। यसअघि विशेषज्ञ चिकित्सकको अभावमा यो सेवा जिल्ला अस्पतालमा सञ्चालन हुन सकेको थिएन। एमडिजिपी डाक्टर पविन उपाध्याय जिल्ला अस्पतालमा हाजिर भएसँगै सेवा सुरु भएको सूचना अधिकारी पन्तले बताए। आज पनि ४० वर्षीय एक पुरुषको हर्नियाको शल्यक्रिया गरिन लागिएको अस्पतालले जनाएको छ। अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक र डडेल्धुरा अस्पतालको समन्वयमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर…
नवलपरासी- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन्। हिजाे नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै उनले दुई किस्तामा गरेर बिमाबापतको बाँकी भुक्तानी पूरा गरिने बताएका हुन्। यसरी प्राप्त हुने रकम स्वास्थ्य सेवा विस्तारमा लगानी गनृ आग्रह गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने, “बिमाबापत अस्पतालहरूले प्राप्त गर्ने रकम केही प्रतिशत स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न म अनुरोध गर्न चाहन्छु। अब प्राप्त हुने बिमाबापतको रकममध्ये ३०–४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा खर्च गर्नसके राम्रो हुनेछ।” पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेकाले उपचारका लागि आकर्षण बढेको…
सुर्खेत- सुर्खेतमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो। जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले यहाँ रहेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताउनुभयो। आव २०७७/७८ मा ६३९ जना सङ्क्रमित भएकामा २०७८/७९ मा त्यो सङ्ख्या बढेर एक हजार ३२२ पुगेको र आव २०७९/८० मा एक हजार ४८४ जना सङ्क्रमित भएका उनले जानकारी दिए। आव २०८०/८१ मा भने सङ्क्रमण केही घरेको थियो। त्यस वर्ष ५७१ जनामा सङ्क्रमण देखिएको थियो।…
चितवन- चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाख ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये पाँच जना विशालु सर्पले डसेका थिए । यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए । यस अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा लमजुङ्देखिका आउने गरेका छन् । अस्पतालमा आएका बिरामीलाई कम्तीमा…
बागलुङ- निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्यौलमा देखिएको छ । अहिले निर्माणधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ भने भित्तामा घाँस उम्रेको हो । दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीनपटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । भवन निर्माणका लागि तेस्रोपटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ । पटक–पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय…
काठमाडौं — १८ वर्षमुनिका किशोरीबाट डिम्ब संकलन गरी कारोबार गरेको प्रकरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका दुई फर्टिलिटी सेन्टरमाथि छानबिन सुरु गरेको छ। होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्राली र एन्जल फर्टिलिटी क्लिनिकविरुद्ध उजुरी परेपछि मन्त्रालयले डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। यसअघि प्रहरीले होप फर्टिलिटीका पाँच जनालाई पक्राउ गरे पनि अदालतको आदेशमा हाजिर जमानतमा रिहा गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार किशोरीहरूलाई १० दिनसम्म इन्जेक्सन लगाएर डिम्ब निकाल्ने र १०–१५ हजार रुपैयाँ दिने गरिएको थियो। अनुसन्धान अझै जारी रहेको सिआइबीले जनाएको छ।
नवलपुर– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले सात वटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको बताएका हुन्। ‘बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सात वटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरूलाई पनि यो रोग लाग्ने रहेछ ।’ नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ छ । वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर…

