काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गरिने भएको छ । बर्खाको समयमा सहज रूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो । त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ । कामपाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी…
स्वास्थ्य डायरी
जुम्ला- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् । अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा डबलबहादुर धामीले जानकारी दिए । प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उनले बताए । एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त…
गुल्मी – ‘म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ’, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, ‘घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।’ शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दुःख लागेको बताइन् । उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको…
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक गरेको छ। मन्त्रालयले पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राप्त आवेदनमध्येबाट छनोट गरिएको उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै साउन २२ र २३ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणको समय निर्धारण गरेको हो। चार असारमा आह्वान गरिएको दरखास्तमा ५५ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रत्येक प्रतिष्ठानका लागि ६ जनाको दरले सर्टलिस्ट तयार पारिएको मन्त्रालयले जनाएको छ।
काठमाडौं- आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच विशेष बैठक सम्पन्न भएको छ। छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरूमा विशिष्टीकृत सेवा तथा सेवा विस्तारका लागि २ हजार १ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो। प्रस्तावमा डाक्टर, नर्ससहितका दक्ष जनशक्तिहरू समावेश छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा सेवा विस्तार गर्न र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले थप जनशक्ति अपरिहार्य भएको बताए। त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा छिटो, गुणस्तरीय र प्रभावकारी बनाउन दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै प्रस्तावमाथि थप परामर्श गरेर अगाडि बढ्ने धारणा राखे।…
लुम्बिनी – लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हालैका दिनहरूमा सर्पदंशका घटनामा तीव्र वृद्धि भएको छ। रूपन्देही, दाङ, कपिलवस्तु, र बर्दियालगायत स्थानहरूमा सर्पको टोकाइबाट धेरैको ज्यान गएको छ भने केहीले समयमै उपचार पाएर ज्यान जोगाएका छन्। रूपन्देहीका हर्षवीर पुलामी सर्पले टोके पनि समयमै अस्पताल पुगेपछि ज्यान जोगियो। तर दाङका शिक्षक शालिकराम यादव र कपिलवस्तुकी १४ महिनाकी बालिका संगीता पासवानीको भने उपचारमा ढिलाइ हुँदा मृत्यु भयो। किचनबाट तीन दिनमा २३ वटा विषालु सर्प उद्धार भएको, एकै दिनमा अन्य दुई स्थानबाट १७ गोमन सर्प निकालेको घटनाले सर्पको बिगबिगी देखाउँछ। लुम्बिनी प्रदेशमै मात्रै गत एक वर्षमा सर्पको टोकाइबाट २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।…
म्याग्दी– म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ । बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३ दशमलव ७२ प्रतिशत २० वर्ष मुनिका छन् । कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत आवमा २० वर्ष मुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको जानकारी दिए । बीस वर्ष…
काठमाडौँ – अमेरिका ओहायो राज्यका एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा सुरक्षित राखिएको भ्रूणबाट बच्चा जन्माएपछि चिकित्सा क्षेत्रमै ऐतिहासिक कीर्तिमान बनेको छ। ३५ वर्षीया लिन्डसे पियर्स र ३४ वर्षीय टिम पियर्सले गत साता छोरा थाडियस ड्यानियल पियर्सको जन्मसँगै विश्वमै सबैभन्दा पुरानो भ्रूणबाट सफल जन्मको कीर्तिमान बनाएका हुन्। यसअघि १९९२ मा फ्रिज गरिएको भ्रूणबाट २०२२ मा जन्मिएका जुम्ल्याहा सन्तान यो कीर्तिमानका धनी थिए। ३ दशक पुरानो आशाथाडियस ड्यानियल पियर्स १९९४ मा लिंडा आर्चर्ड र उनका तत्कालीन पतिले इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) प्रविधिमार्फत बनाएका भ्रूणहरूमध्ये एकबाट जन्मिएका हुन्। आर्चर्डले त्यो समयमा चार भ्रूण बनाएकी थिइन्, जसमा एकबाट उनकी अहिले ३० वर्षकी…
काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को आगामी कार्यकालका लागि विप्लव अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएसँगै अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरू चयन भएका हुन्। सुरूमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा देखिए पनि अन्तिम समयमा पूर्वअध्यक्ष दीपक प्रसाद दाहालसँग सहमति जुटेपछि अधिकारीलाई निर्विरोध बनाइएको हो। अधिकारी यसअघि महासचिवको भूमिका निर्वाह गरिसकेका अनुभवी नेतृत्व हुन्। संघको नयाँ संरचना अनुसार कार्यसमिति १३ सदस्यीय रहेको छ। विधान संशोधनसँगै सात पदाधिकारी र छ सदस्य रहने प्रावधानअनुसार यो कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिमा महेश प्रसाद प्रधान निवर्तमान अध्यक्षको रूपमा रहनेछन्। वरिष्ठ उपाध्यक्षमा प्रभात रुगङटा चयन भएका छन् भने…
काठमाडौं – नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरी क्षेत्रमा वितरण हुने जारको पानीमा ढलजन्य प्रदूषण भेटिएको भन्दै जनस्वास्थ्यको जोखिममा गम्भीर चासो व्यक्त गरेकी छन्। सोमबार (साउन १९) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नागरिकले पिउने भनेर सुरक्षित ठानेको पानी नै रोगको कारण बन्न थालेको भन्दै तत्काल सरकारी हस्तक्षेप आवश्यक रहेको बताइन्। “ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको छ,” उनले भनिन्, “यसले पिउने पानीमै ढलजन्य पदार्थ मिसिएको पुष्टि गर्छ। यस्तो पानी रोग फैलाउने मुख्य कारक बन्न थालेको छ।” सांसद गौतमका अनुसार हाल अस्पतालहरूमा झाडापखाला, टाइफाइड, भाइरल हेपाटाइटिसलगायत सरुवा रोगका बिरामी तीव्र रूपमा…

