काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका अधिकारी र पूर्वअध्यक्ष दीपक प्रसाद दाहालबीच अन्तिम समयमा सहमति जुटेपछि अधिकारीलाई सर्वसम्मत बनाइएको हो। संघको ३१औं वार्षिक साधारणसभा आज काठमाडौंमा भइरहेको छ। यही साधारणसभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन भइरहेको हो। यसअघि अध्यक्ष पदमा मतदानमार्फत निर्णय हुने तयारी थियो, तर सहमतिपछि अधिकारी निर्विरोध बनेका छन्। विप्लव अधिकारी यसअघि संघका महासचिवसमेत भइसकेका थिए। अघिल्लो कार्यकालमा उनी अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा महेश प्रधानसँग पराजित भएका थिए। यसपटक भने सन्तोष बराल र प्रभात रुङ्गटालगायतका प्रभावशाली सदस्यहरूको समर्थन पाएसँगै उनको उम्मेदवारी बलियो…
स्वास्थ्य डायरी
स्याङ्जा- कुष्ठरोग निवारणको घोषणा गरिएको १५ वर्ष पुगिसक्दा पनि स्याङ्जा जिल्लामा अझै नयाँ बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा आठ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका हुन्। पुतलीबजार र चापाकोट नगरपालिकामा दुई–दुई जना तथा वालिङ नगरपालिकामा तीन जना नयाँ कुष्ठरोग संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। यसअघि २०८०/०८१ मा पनि यिनै तीन नगरपालिकामा गरी कुल छ जना कुष्ठरोगका बिरामी भेटिएका थिए। हाल जिल्लामा जम्मा नौ जना बिरामीले कुष्ठरोगको औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार कुष्ठरोग अन्य रोगजस्तो सजिलै नचिनिने भएकाले अझै पनि समाजमा लुकेर बसेका संक्रमित हुन सक्ने अनुमान गरिएको…
धनुषा- मधेस प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । यससँगै प्रदेशमा बीमा गराउनेको सङ्ख्या करिब १३ प्रतिशत पुगेको छ । मधेस प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उनले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने…
काठमाडौँ- नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबिचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा उक्त समझादारीपत्रमा हस्ताक्षर गरिएको हो । समझादारीपत्रमा सङ्घका तर्फबाट केन्द्रीय सदस्य प्राडा सबिना श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सञ्जीव नेपालीले हस्ताक्षर गरेको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सङ्घकी सदस्य प्राडा श्रेष्ठका अनुसार नेपालमा आँखा उपचार सेवाका विकास र विस्तारको उद्देश्यसहित दुई संस्थाका बिचमा सहकार्य भएको हो । उनले एसोसिएसनले नेपालमा सञ्चालन हुने आँखा उपचार सेवासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वयंसेवी सेवामा संलग्न हुन इच्छुक योग्य नेत्र…
पर्वत- यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकै पटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा पर्याप्त नहुँदा आधुनिक र थप परीक्षणका लागि पोखरा वा अन्य ठाउँ जानुपर्ने बाध्यता अब हटेको अस्पतालले जनाएको छ । अस्पतालमा हालै थपिएका प्रयोगशालासम्बन्धी सेवाले धेरै बिरामीलाई जिल्लाकै उपचारले थप राहत प्रदान गर्ने भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले बताए । उनका अनुसार नयाँ थप गरिएका परीक्षण सेवामा भिटामिन डी, भिटामिन बी–१२, पीएसए, बी–एचसीजी, एन्टी टिपिओ, आइरन प्रोफाइल, एएनए, एन्टी डीएसडीएनए, फेरिटिन,…
काठमाडौं – नेपाल औषधी उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामार्फत अगाडि बढ्ने भएको छ। अध्यक्ष पदका उम्मेदवार विप्लव अधिकारी र दीपक प्रसाद दाहालबीच सहमति जुटाउन गरिएको प्रयास विफल भएपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो। संघको ३१औं वार्षिक साधारणसभा आज काठमाडौंमा हुँदैछ। यही साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। अहिले संघको बन्दसत्र जारी छ। अध्यक्ष पदका लागि विप्लव अधिकारी र दीपक दाहालले आइतबार नै उम्मेदवारी दर्ता गरिसकेका छन्। अधिकारीलाई सन्तोष बराल र प्रभात रुङ्गटासहितका सदस्यहरूले समर्थन जनाएका छन्। अधिकारी यसअघि महासचिव भइसकेका छन् भने अघिल्लो कार्यकालमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दा हालका अध्यक्ष महेश…
काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन् । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरू सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरू रहेका उल्लेख गरिन् । मन्त्री डा राणाले भनिन्, ‘ग्रामीण बस्तीदेखि सहरका अस्पतालसम्म नै नर्सहरूको सेवा, समर्पण र बिरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ ।’ बिरामीको उपचार, उनीहरूको मनोबलमा वृद्धि, आपत्कालीन अवस्थामा सेवा र बिरामीहरूलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण…
काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयन प्रक्रिया तीव्र बन्दै गइरहेका बेला अध्यक्ष पदका दुई प्रमुख आकांक्षीले विप्लव अधिकारीको पक्षमा समर्थन जनाएका छन्। हालका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटा र उपाध्यक्ष सन्तोष बरालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने क्रममा विप्लव अधिकारीको प्रस्तावक र समर्थक बनेर उम्मेदवारी दर्ता गराएका हुन्। अध्यक्ष पदमा विप्लव अधिकारीसँगै पूर्वअध्यक्ष दिपक प्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन्। यसरी अध्यक्ष पदका लागि प्रतिस्पर्धा दुई जनाबीच सिमित भएको हो। विप्लव अधिकारी संघको एक कार्यकाल सदस्य र दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्। उनी अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए। तर, नेतृत्वमा नहुँदा पनि…
बुटवल- गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रामनगर बुटवलमा कार्यरत एक कर्मचारीले एक्सरे सेवाका क्रममा एक १७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–८ निवासी ३१ वर्षीय सुवास गौतम रहेका छन्। उनी सो अस्पतालमा कार्यरत थिए। शुक्रबार भएको उक्त घटनामा पीडित बालिकाले एक्सरे गरिसकेपछि कपडा लगाउने क्रममा संवेदनशील अंगमा छुने जस्ता अश्लील दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार घटनाबारे उजुरी प्राप्त भएपछि गौतमलाई नियन्त्रणमा लिइएको हो। ‘शुक्रबारको घटना हो, शनिबार सार्वजनिक बिदा परेकाले आज (आइतबार) म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ,’ प्रहरी निरीक्षक खत्रीले भने। उनका अनुसार…
धनगढी- कैलालीकाे धनगढीमा एक जना औलो रोगका बिरामी फेला परेका छन्। धनगढी उप‐महानगरपालिका‐५ शैलेश्वरी टोलमा एक जना औलोको बिरामी फेला परेको स्वास्थ्य शाखाले जनाएको छ। औलोको बिरामी फेला परेपश्चात उक्त समुदायमा औलो रोगको बारेमा जनचेतना फैलाउन, शंकास्पद औलो बिरामीको पहिचान तथा प्रभावकारी उपचारका साथै औषधी सही रुपमा पूर्ण अवधि खाएको सुनिश्चितताका लागी समुदाय स्तरिय केस पहिचान प्रक्रिया सुरु गरेको धनगढी उप‐महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश कुमार अवस्थीले जानकारी दिए। जस अन्तर्गत शंकास्पद ४ जना व्यक्तिहरुको आरडीटी द्वारा औलोको परिक्षण गरिएकोमा सम्पुर्णको नतिजा नेगेटिभ देखिएको उनले बताए।

