जाजरकोट- जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्। प्रहरीका अनुसार खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसिकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले गए राति १ बजे उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको जानकारी दिए। स्थानीयवासीले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई…
स्वास्थ्य डायरी
मनसून अर्थात वर्षा ऋतुमा वातावरणमा बढी नमी र प्रदूषणका कारण भाइरस र ब्याक्टेरियाहरू छिटो फैलिन्छन्। यसले निमोनिया जस्ता फोक्सोको संक्रमणको जोखिम बढाउने गरेको छ। यो रोग कुनै पनि उमेरका मानिसमा हुनसक्छ तर विशेषगरी बच्चा, बुढापाका र कमजोर रोगप्रतिरोधात्मक क्षमताका मानिसहरूमा खतरा बढी हुन्छ। समयमै उपचार नपाएमा निमोनिया जीवनको लागि खतरा पनि हुनसक्छ। अपोलो स्पेक्ट्रा अस्पताल, दिल्लीका पल्मोनोलोजिस्ट डा. प्रीतपाल कौरका अनुसार, “मानसूनमा फोक्सोमा संक्रमण गराउने ब्याक्टेरिया, भाइरस र फंगस वातावरणबाट सजिलै शरीरमा प्रवेश गर्छन्। त्यसैले यस मौसममा निमोनिया बढ्ने खतरा हुन्छ।” निमोनियाका प्रमुख प्रकारहरू किन निमोनियाको जोखिम बढी हुन्छ? कसरी बच्ने ? निदान र उपचार निमोनियाको पुष्टि गर्न छातीको एक्सरे,…
कैलाली – स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीका अनुसार यस वर्ष कैलालीमा डेंगुका बिरामी संख्या ७६ पुगेको छ। सन् २०२४ मा यो संख्या ५२० रहेको थियो भने सन् २०२५ मा केही घट्ने क्रममा छ। धामीले भने, “सन् २०२५ अझै केही महिना बाँकी छ, त्यसैले बिरामी संख्या बढ्न सक्ने सम्भावना छ।” धामीले डेंगु रोकथामका लागि संचालन गरिएका लार्भाखोज, नष्ट गर्ने अभियान र सचेतना कार्यक्रमका कारण केही कमी आएको हुन सक्ने बताए। उनले डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने भाइरल रोग भएको बताउँदै बिहान र बेलुका बढी सकृय हुने भएकाले सो समयमा विशेष सतर्कता अपनाउन आग्रह गरे। सुदूरपश्चिम प्रदेशभर हाल डेंगुका ३४५ जना…
कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको संख्या दिनप्रतिदिन बढ्दो छ। उत्कृष्ट सेवा र सस्तो शुल्कका कारण अस्पतालमा मात्र नभई छिमेकी भारतबाट पनि धेरै बिरामी यहाँ उपचार गराउन आउने गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा उक्त अस्पतालले २४ हजार ७८० जनालाई आँखा सम्बन्धी उपचार सेवा प्रदान गरेको छ। अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार सो अवधिमा मोतियाविन्दु भएका ६ सय ३४ जनाको शल्यक्रिया गरिएको छ भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरिएको छ। धामीका अनुसार अस्पतालले सेवा लिँदा कुनै विभेद नपरोस् भनेर स्वदेशी वा विदेशी सबै बिरामीलाई समान शुल्क लाग्ने र समान व्यवहार हुने व्यवस्था…
काठमाडौं- काठमाडौं महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम बढेपछि प्रशोधित पिउने पानीको जारमाथि कडाइका साथ अनुगमन थालेको छ। गुणस्तरहीन जार बरामद र नष्ट गर्ने कार्यसँगै पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड पालना गर्न कडा निर्देशन पनि दिइएको छ। पछिल्लो एक हप्तामै विभिन्न स्थानमा गरिएको अनुगमनबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ। कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्र १३९ वटा सवारी साधनको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र गुणस्तर नपुगेका जार बरामद गरेर नष्ट गरिएका छन्। “बर्खायाममा पानीजन्य रोगको जोखिम उच्च हुने भएकाले हामीले प्रशोधित पानीको गुणस्तरमा विशेष ध्यान दिइरहेका…
उदयपुर- त्रियुगा नगरपालिका-७, नमुना चोकमा जन्मदिनको भोज खाँदा २७ जना मानिस बिरामी परेका छन्। साउन २१ गते राति करिब ९ बजे जितेन्द्र राईको घरमा जन्मदिन मनाउने क्रममा छरछिमेकका मानिसहरू भेला भएका थिए। भोजमा विभिन्न परिकारहरू (रोटी, अचार, पुरी, बुनिया, पुवा आदि) खाएपछि उनीहरूलाई झाडापखाला र बान्ता हुन थालेको थियो। बिरामी परेका २७ जनालाई साउन २२ गते राति ८ बजे जिल्ला अस्पताल, उदयपुरमा उपचारका लागि भर्ना गरिएको थियो। बिरामी हुनेहरूमा ३ जना पुरुष, ११ जना महिला, ५ जना बालक र ८ जना बालिका रहेका छन्। अस्पतालमा भर्ना भएका मध्ये २६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। एक जना बालकको भने उपचार जारी…
काठमाडौँ – शिक्षण अस्पताल महाराजगन्जले करार सेवाका लागि ८ जना क्लिनिकल रजिस्ट्रार पदमा दरखास्त आह्वान गरेको छ। अस्पतालले विभिन्न ४ विभागका लागि पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो। अस्पतालले स्क्रिनिङ ओपीडी, युरोलोजी, इमर्जेन्सी र अन्कोलोजी विभागका लागि चिकित्सक माग गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकले २०८२ साल साउन २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। सूचना अनुसार २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन्। अस्पतालका अनुसार परीक्षाको किसिम लिखित हुनेछ। परीक्षाको मिति भने सम्पर्क मिति २०८२ भदौ २ गते तोकिनेछ। थप जानकारीका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
रुपन्देही- रुकुम पूर्व अस्पतालमा पहिलोपटक दन्त रोग विशेषज्ञबाट सेवा सुरु भएको छ । अस्पतालमा दन्त विशेषज्ञ डा. त्रिपुरारी शुक्ला पदस्थापनसँगै जिल्लाले पहिलोपटक दन्त रोग उपचारमा विशेषज्ञ सेवा सुरुवात भएको हो । बिहीबार डा. शुक्ला र अस्पतालमा नवपदस्थ लेखापाल अञ्जना खत्रीलाई स्वागत गरिएको छ । कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष लोकेन्द्र शाह, अस्पतालका निमित्त कार्यालय प्रमुख डा. कृष्ण खराल, स्वास्थ्य कार्यालय रुकुमपूर्वका निमित्त कार्यालय प्रमुख पुस्कल श्रेष्ठ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख विष्णुहरि आचार्यलगायतले अब जिल्लाबाट सकेसम्म धेरै सेवा दिनेगरी अगाडि बढ्नुपर्ने बताएका थिए । लेखापाल खत्री केही दिनअघि नै आफ्नो कार्यभार सम्हालिसकेका छन् भने डा. शुक्लाले बिहीबारदेखि नियमित…
रसुवा- गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमवीवीएस चिकित्सक र अक्सिजन सिलिन्डर समेत पुर्याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ…
काठमाडौँ- नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा.मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन् । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ । प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन् । नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६ मा त…

