स्वास्थ्य डायरी

गण्डकी । क्यान्सरलगायत सङ्क्रमणजन्य रोगको प्रयोगशाला परीक्षणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत पहिलोपटक ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गरिएको छ । पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले गत बिहीबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सेवामार्फत शरीरका अङ्ग तथा तन्तुको सुक्ष्म परीक्षण गरी क्यान्सरलगायतका रोग पत्ता लगाउन सकिने प्रयोगशालाका निमित्त प्रमुख डा विश्वराज बरालले बताए । ‘शरीरको भित्री र बाहिरी अङ्गको केही भाग निकालेर त्यसको प्रशोधन र सुक्ष्म परीक्षण गरी रोग पत्ता लगाइन्छ’, उनले भने, ‘हिस्टो प्याथोलोजी जाँचबाट क्यान्सरलगायत जुनसुकै रोगको निदान गर्न सकिन्छ ।’ सङ्घ सरकारअन्तर्गतका अस्पताल र अन्य केही निजी अस्पतालमा यो सेवा केही वर्षअघिदेखि सुरु भएपनि प्रदेशको स्वास्थ्य मन्त्रालयले पहिलोपटक…

विस्तृतमा...

काठमाडौं- भारतको बेंगलुरु नजिक एक ३८ वर्षीया महिलामा पहिलोपटक सीआरआईबी नामक नयाँ रक्त समूह फेला परेको छ। ‘सी’ क्रोमर प्रणालीलाई जनाउँछ, जुन हालसम्म पत्ता लागेको ४७ रक्त समूह प्रणालीमध्ये एक हो। ‘आई’ भारतलाई र ‘बी’ बेंगलुरु क्षेत्रलाई जनाउँछ। महिलाको मुटु शल्यक्रियाका क्रममा चिकित्सकहरूले सामान्य रक्त परीक्षण गर्दा कुनै पनि प्रचलित रक्त समूहसँग मेल नखाएपछि उनीहरू हैरान भए। रक्त परीक्षणमा बारम्बार प्रतिक्रिया आएपछि नमुना अन्ततः बेलायतको ब्रिस्टलस्थित अन्तर्राष्ट्रिय रक्त समूह सन्दर्भ प्रयोगशालामा पठाइयो। लगभग १० महिनापछि उक्त प्रयोगशालाले बिरामीको रगतमा पहिले कहिल्यै नदेखिएको एन्टिजेन पत्ता लगायो। त्यसपछि उक्त जानकारी  इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आईएसबीटी) मा पठाइयो, जसले ‘सीआरआईबी’ नामलाई अनुमोदन गऱ्यो।…

विस्तृतमा...

काठमाडौँ- औषधि ऐन, २०३५ मा संशोधन गरी उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र र प्रमाणपत्रहरूको अवधि र नवीकरण प्रक्रियामा स्पष्टता ल्याइएको छ। साउन १४ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणिकृत संशोधित ऐनअनुसार अब विभिन्न प्रकारका अनुमति तथा प्रमाणपत्रहरूको वैधता अवधि पाँच वर्षसम्म हुनेछ। संशोधनअनुसार दफा ८ बमोजिमको उत्पादन अनुज्ञापत्र पाँच वर्ष, दफा ८(क) बमोजिमको प्रमाणपत्र तीन वर्ष, दफा ९ बमोजिमको सिफारिसपत्र तीन वर्ष र दफा १० बमोजिमको प्रमाणपत्र पनि तीन वर्षका लागि मान्य हुनेछ। अनुज्ञापत्र, सिफारिसपत्र वा प्रमाणपत्रको म्याद समाप्त हुनुअघि तोकिएको दस्तुर तिरी समयमै नवीकरणका लागि निवेदन दिनुपर्नेछ। कुनै कारणवश समयमै निवेदन दिन नसकिएमा म्याद सकिएको मितिले तीस दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण…

विस्तृतमा...

नेपालगन्ज – नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसका नेत्र रोग विशेषज्ञ डा. विक्रम थापा आफ्नो १६ वर्षे चिकित्सकीय यात्रामा थुप्रै चुनौतीपूर्ण आँखाका केसहरू हेरेर धेरै बिरामीको दृष्टि फर्काइ सकेका छन्। यद्यपि, गएको शनिबार उनले आफ्नो करियरकै सबैभन्दा जटिल र डर लाग्दो केसको सामना गरे। सुर्खेतको लेकबेशी नगरपालिका–६ का २२ वर्षीय ललित परियारमाथि शुक्रबार राति भएको आक्रमणमा चक्कु प्रहार भयो। चक्कु उनको बाँया आँखा र नाकको बिचबाट साइनस हुँदै हड्डी भित्रै ६ इन्चसम्म धसी सकेको थियो। प्रारम्भिक उपचारका लागि उनलाई राति नै प्रादेशिक अस्पताल, सुर्खेत लगिएको थियो। तर, चक्कु निकाल्न त्यहाँका चिकित्सक असमर्थ भए। त्यसपछि ललितलाई नेपालगन्ज रिफर गरियो। शनिबार बिहान…

विस्तृतमा...

चितवन- साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । जिल्लाको भरतपुर महानगरपालिकाका– सातजना, खैरहनी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । पाँच जना पुरुष र नौ जना महिलामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन् । वर्षा…

विस्तृतमा...

काठमाडौं- औषधि व्यवस्था विभागले चिकित्सकीय प्रमाण नहुँदै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा व्यापक रूपमा प्रचारित केही औषधिजन्य वस्तुको बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिएको छ। विभागले ती उत्पादनहरू जनस्वास्थ्यका लागि गम्भीर खतरा हुन सक्ने भन्दै औषधिको नाम र तस्बिरसहित अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको हो। फेसबुक, टिकटक, युट्युब लगायतका माध्यममा थाइराइड, प्रोस्टेट, सुगर, युरिक एसिड, मोटोपन, यौनशक्ति वृद्धि, जाँड रक्सी छुटाउने तथा क्यान्सरजस्ता गम्भीर रोगसम्बन्धी औषधि पूर्ण रूपमा निको पार्ने दावी गर्दै प्रचार भइरहेकामा विभागले गम्भीर चासो व्यक्त गरेको छ। विभागले प्रेस्क्रिप्सनविनै यस्ता औषधिको प्रयोग गर्नु गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ। वैज्ञानिक परीक्षण र…

विस्तृतमा...

चितवन – चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन् । भरतपुर महानगरपालिकामा ८० पुरुष र १३४ महिला, खैरहनी नगरपालिकामा २२ पुरुष र ४८ महिला, माडी नगरपालिकामा छ पुरुष र पाँच महिला, रत्ननगरमा ५३ पुरुष र ७७ महिला, राप्तीमा २४ पुरुष र ३३ महिला, कालिका नगरपालिकामा २२ पुरुष र ३१ महिला र इच्छाकामना गाउँपालिकामा १० पुरुष र १४ महिला सङ्क्रमित देखिएका छन् ।…

विस्तृतमा...

काठमाडौँ- स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ । विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब रु ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो । विभागका महानिर्देशक डा. टङ्कप्रसाद बाराकोटी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले ती अस्पताललाई आज स्वास्थ्यजन्य उपकरण तथा औजारहरु हस्तान्तरण गरेका हुन् । विभागका आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिएका स्वास्थ्यजन्य उपकरण तथा औजारहरु स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार वीर…

विस्तृतमा...

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–७ साँदनीकी २७ वर्षीया भुवानी पाण्डेय भट्टको सुत्केरीपछिको जटिलताका कारण निधन भएको छ। साउन १३ गते साँझ सुत्केरी व्यथा लागेपछि राति ९:४५ बजे उनी स्थानीय साँदनी स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। साउन १४ गते बिहान ७:१८ बजे तेस्रो सन्तानका रूपमा छोराको सुरक्षित जन्म दिए पनि सुत्केरीपछिको प्रक्रियामा समस्या देखिएको थियो। सालनाल समयमा नआएको र अत्यधिक रक्तस्राव भएपछि उनलाई तत्काल जोगबुडा अस्पताल रेफर गरिएको थियो। तर, त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि भुवानीलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। आइसियुमा राखेर उपचार भइरहेकै क्रममा आज बिहान करिब ११ बजे उनको निधन भएको वडा नं. ७…

विस्तृतमा...

बैतडी- सिगास गाउँपालिका–४, कान्धारस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी जानकी पुजाराको निरन्तर ६ घन्टा कृत्रिम श्वास दिएको प्रयासले नवजात शिशुको ज्यान जोगाएको समाचारले सबैको मन जितेको छ। उक्त घटनापछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अनमी पुजारालाई फोन गरी उनको साहस र समर्पणको प्रशंसा गरेका छन्। गत बिहीबार साँझ सुत्केरी बेथाले च्यापिएपछि स्थानीय महिलालाई स्वास्थ्य सेवा केन्द्र पुर्‍याइएको थियो। २० वर्षीया लक्ष्मी धामीले राति साढे ९ बजे शिशु जन्माइन्। तर शिशुको अवस्था सामान्य थिएन, श्वास निकै सुस्त चलेको थियो र शिशुले तात्कालिन उपचार आवश्यक थियो। कान्धार स्वास्थ्य सेवा केन्द्रमा उपयुक्त स्रोतसाधन नहुँदा जानकीले आफैंले लगातार ६ घन्टा मुखबाट अक्सिजन दिँदै शिशुको ज्यान…

विस्तृतमा...