काठमाडौं- निजामति कर्मचारी अस्पताल (सिभिल सर्भिस हस्पिटल) भएको कार्यकारी निर्देशक नियुक्तिमा विवाद देखिएको छ । अस्पतालका कर्मचारीहरुले अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीको नियमविपरित नियुक्ति भएको निलम्बनको मागसहित उजुरी दिएका छन् । अस्पतालका केही कर्मचारीहरुले डा. रेग्मीको नियुक्तिविरुद्ध अख्तियारलगायतका विभिन्न निकायमा उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिइएको उजुरीअनुसार रेग्मी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्थायी प्राध्यापक रहेकै अवस्थामा सिभिलमा कार्यकारी निर्देशक भएको जनाउँदै उनको नियुक्ति नियमित विपरित भएको जनाउँदै छानबिन गरी तत्काल निलम्बनको माग समेत गरिएको छ । उजुरीमा रेग्मीले सिभिलमा कार्यकारी निर्देशकका लागि आवेदन दिँदा बीपी कोइराला स्वास्थ्य विज्ञानबाट विभागीय स्वीकृति नलिएको समेत दाबी गर्दै उनले…
स्वास्थ्य डायरी
काठमाडाैं – सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको भारत पुर्याएर जबर्जस्ती मिर्गौला निकालिएको घटनामा संलग्न थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार पक्राउ परेकामा कुमार भनेर चिनिने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक व्यक्ति छन्। उनीहरूलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको पंगेनीले जानकारी दिए। पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला अदालतमा पेस गरी म्याद थपको प्रक्रिया अघि बढाइएको छ भने एक जनाको हकमा अझै थप सोधपुछ आवश्यक रहेकाले म्याद थप गरिएको छैन। यसअघि बिहीबार बिहान मात्र नुवाकोटका समीर परियार पक्राउ परेका थिए।…
झापा- झापाको कमल गाउँपालिका–६ मा एक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुई जनालाई ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले बुधबार राति ११ बजेतिर विष्णुप्रसाद बगालेको घरमा छापा मारेको हो। प्रहरीका अनुसार काटाचोकस्थित बगालेको घरमा गोप्य सूचनाका आधारमा तलासी लिँदा ठूलो परिमाणमा प्रतिबन्धित औषधिहरू फेला परेका थिए। घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३,००० थान, डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २,११० थान र स्पास्पेन ट्याब्लेट २,०५० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद औषधिहरूको स्रोत, आपूर्ति श्रृङ्खला र प्रयोगबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। औषधिसहित पक्राउ परेका घरधनी विष्णुप्रसाद बगाले…
काठमाडौं- औषधि व्यवस्था विभागले औषधि उद्योग र पैठारीकर्ताहरूलाई कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर र औषधिको वैज्ञानिक पक्षमा तोकिएको मापदण्ड कडाईका साथ पालना गर्न निर्देशन दिएको छ। विभागले औषधिको गुणस्तर सुनिश्चित गर्न १० बुँदे निर्देशन जारी गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको हो। विभागले साउन १८ गतेको निर्णयअनुसार औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थको गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्नका लागि अधिकतम तीनवटा स्रोतसहितको विवरण जीएमपी प्रमाणपत्रसहित पेश गर्नुपर्ने जनाएको छ। त्यस्तै, नन-फार्माकोपिकल एपीआई प्रयोग गरी उत्पादन अनुमति लिन चाहने उद्योगहरूले अबदेखि एनालाइटिकल मेथड भ्यालिडेस सहितको एपीआई मास्टर फाइल पेश गर्नुपर्नेछ। औषधिको बिक्री वितरण अनुमति (मार्केटिङ्ग अथोराइजेसन) माग गर्दा कम्तीमा दुई…
रसुवा- जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा शिविर सञ्चालन गरिरहेका छन् । हालसम्म ११० जनाको प्राथमिक उपचार गरिसकिएको उनले जनाकारी दिए। उनका अनुसार स्वास्थ्य टोलीमा डा पदम जोशीको नेतृत्वमा छ जना विशेषज्ञ चिकित्सक एवं एक जना स्वास्थ्य प्राविधिक सहजकर्ता रहेका छन् । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा श्वासप्रश्वासमा कमी भएर आएका बिरामीलाई अक्सिजन लगाएर उपचार सेवा दिइएको निर्देशक बस्यालले जानकारी दिए । विगत…
चितवन – भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५.२८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२.२६ प्रतिशत) को जटिल प्रसूति गराइएको थियो । अस्पतालले स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा ल्याएको…
काठमाडौं- सिन्धुलीका एक युवकको भारतमा जबर्जस्ती मिर्गौला निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीका अनुसार पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेका छन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो। परियारविरुद्ध आवश्यक अनुसन्धान भइरहेको पंगेनीले जानकारी दिए। सिन्धुलीको दुधौली नगरपालिका–१ का २४ वर्षीय खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको खुलेको छ। उनलाई पोखराबाट काम दिने प्रलोभनमा पारी भारत पुर्याइएको थियो। पोखरामा भेटिएका एक भारतीय नागरिकले होटलमा वेटरको काम लगाइदिने भन्दै भारत लगेका थिए। भारत पुगेपछि गिरोहले भुजेललाई बन्धक बनाएर उनको मिर्गौला झिकेको बताइएको छ। करिब १० दिनपछि उनी…
काठमाडौं- अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ। संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यूआरमार्फत व्यवस्था मिलाउन भनेको हो । मन्त्री पौडेलले अस्पतालहरूमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए। यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले…
काठमाडौं- सरकारले देशभरका १५ वटा प्रमुख संघीय अस्पतालहरूलाई एउटै कानुनी संरचनामार्फत सञ्चालन तथा व्यवस्थापन गर्नका लागि एकीकृत कानुनको मस्यौदा तयार पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको “एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति ऐन २०८२” को मस्यौदा हाल राय–सुझाव संकलनको प्रक्रियामा पुगेको छ। मन्त्रालयले विधायन ऐन २०७५ अनुसार १५ दिनभित्र मस्यौदामाथि लिखित सुझाव पठाउन सरोकारवालालाई आग्रह गरेको छ। नयाँ ऐन लागू भएपछि अहिले छुट्टाछुट्टै विकास समिति गठन आदेशमार्फत सञ्चालन हुँदै आएका संघीय अस्पतालहरू एउटै कानुनी संरचना अन्तर्गत सञ्चालन हुनेछन्। यसले देशका प्रमुख संघीय अस्पतालहरूको सञ्चालनलाई एकीकृत, पारदर्शी र प्रभावकारी बनाउने सरकारी विश्वास छ। नयाँ कानुन लागू भएसँगै कान्ति बाल…
काठमाडौं- पछिल्लो एक सातामा देशभर १६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। यससँगै चालु वर्षमा देशभर डेङ्गु संक्रमितको कुल संख्या २ हजार ६६७ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार हालसम्म ७४ जिल्लाबाट डेङ्गु संक्रमणका घटना पुष्टि भएका छन्। तीमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा ७८३ जनामा संक्रमण देखिएको छ। इडिसिडीका अनुसार बागमती प्रदेशमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। चिकित्सकहरूका अनुसार डेङ्गु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो, जुन विशेष गरी सफा पानी जम्ने स्थानहरूमा हुर्कने लामखुट्टेबाट फैलिन्छ। विगतमा यो रोग वर्षाको मौसममा…

