काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक गरेको छ।

मन्त्रालयले पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राप्त आवेदनमध्येबाट छनोट गरिएको उम्मेदवारहरूको नाम सार्वजनिक गर्दै साउन २२ र २३ गते अन्तर्वार्ता तथा प्रस्तुतीकरणको समय निर्धारण गरेको हो।
चार असारमा आह्वान गरिएको दरखास्तमा ५५ जनाले आवेदन दिएका थिए। तीमध्ये प्रत्येक प्रतिष्ठानका लागि ६ जनाको दरले सर्टलिस्ट तयार पारिएको मन्त्रालयले जनाएको छ।


Last Modified Date: २०८२ श्रावण २०, मंगलवार








