डोटी- जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा. अरुण गुप्ताको असामयिक निधन भएको छ। गुप्ताको काठमाडौंमा निधन भएको बताइएको छ।

विगत केही समयदेखि सुगर र मुटुसम्बन्धि समस्या रहेका उनको काठमाडौंमा मृत्यु भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार उनको घरमै मृत्यु भएको हो। उनको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय सबै शोकाकुल बनेका छन्।

डा. गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए। उनी बिरामीप्रति समर्पित, सरल र इमानदार चिकित्सकका रूपमा परिचित थिए।
Last Modified Date: २०८२ कार्तिक ४, मंगलवार







