स्वास्थ्य डायरी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरूको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

विस्तृतमा...

काठमाडौं- मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मंगलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । मंगलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन…

विस्तृतमा...

सिरहा- लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ । सम्झौताअनुसार शिविरमा मोतियाविन्दुको पहिचान भएका बिरामीको शल्यक्रियाको खर्च नगरपालिकाले व्यहोर्ने छ । “हामीले प्रत्यक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्दै आएका छौँ । सोहीअनुरुप अब वडावडामा शिविर आयोजना गरिनेछ”, नगरप्रमुख चौधरीले भने, “शिविरले यहाँका गरिब तथा विपन्न समुदाय लाभान्वित हुने विश्वास लिएको छु ।” केही दिनभित्रै गाउँगाउँमा शिविर सञ्चालन गर्ने भन्दै…

विस्तृतमा...

पर्सा- वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्ने गरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन…

विस्तृतमा...

नयाँ दिल्ली- भारतमा एचएमपी भाइरस संक्रमितको संख्या ८ पुगेको छ । मंगलबार, महाराष्ट्रको नागपुरमा २ संक्रमित फेला परेका छन् । १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको हाे । दुवै जनालाई लगातार रुघाखोकी र ज्वरो आइरहेको थियो । त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आयो । यिनीहरूलाई अस्पताल भर्ना चाँहि गर्नु नपरेको र स्थिति नियन्त्रणमा रहेको बताइएको छ । एक दिनअघि कर्नाटक र तमिलनाडुमा २/२ जना, पश्चिम बंगाल र गुजरातमा १/१ जना गरी ६ जनामा ​​भाइरसको संक्रमण देखिएको थियो । तीमध्ये अधिकांश बालबालिका छन् । केन्द्रले राज्यहरूलाई इन्फ्लुएन्जा जस्तै रोग र एक्यूट रेस्परेटरी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगहरूको…

विस्तृतमा...

काठमाडाैं- हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौंमा सुरू भएको छ । नेपाल र नेपालजस्ता विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) कन्फ्रेन्सको आयोजना गरेको हो । हाइनेट नेटवर्कको सञ्चालक समितिमा तीन चौथाइ सदस्यहरू विकासशील र विकासउन्मुख देशका रहने गर्छन् । सोही अनुरूप हाइनेटले विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने उद्देश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गरेको हो । नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सिमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरूमा पनि…

विस्तृतमा...

बझाङ- बझाङमा बाटोमै जन्म दिएको शिशुसंगै सुत्केरीको मृत्यु भएको छ। जिल्लाको केदास्यु गाउँपालिका -१ डुडिलकी ३१ वर्षीया खिना (सविता) बोहराको मृत्यु भएको हो । बोहरालाई सुत्केरी हुनका लागि २४ माघको मिति दिइएको थियो । त्यो समय आउन एक महिना तीन दिन बाँकी थियो । खिना आइतबारदेखि नै परिवारका सदस्यलाई कम्मर दुख्यो भन्दै थिइन् । आइतबार रातिदेखि व्यथा लागेपछि सोमबार विहान ४ बजे घरमा रहेका सासु, ससुरा, नन्द, फुपु र गाउँकै महिलाहरुले स्वास्थ्य चौकी लैजान हिँडाएका थिए । झण्डै छ किलोमिटर टाढा थियो, रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा । विहान ५ बजे खिनाले बच्चालाई बाटोमै जन्म दिएकी थिइन्। नजिकै वडा सदस्य…

विस्तृतमा...

भोजपुर- आधारभूत स्वास्थ्य केन्द्र स्थापनाले भोजपुरको भौगोलिक रूपमा विकट रहेका दुई गाउँका स्थानीयले सहज स्वास्थ्य सेवा पाएका छन् । वर्षौँदेखि स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका टेम्केमैयुङ–५ मझौले र चोलन्ती गाउँका स्थानीयलाई सहजता भएको हो । भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवा लिन पनि यहाँका नागरिकलाई तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो । यहाँका स्थानीयवासीले स्वास्थ्य क्षेत्रमा भोगेको समस्यालाई ध्यान राखेर गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिदिएपछि सहज भएको हो । स्वास्थ्य चौकी टाढा हुँदा सिटामोल तथा जीवनजल पाउन समस्या हुने गरेको अवस्थामा गाउँमा नै स्वास्थ्य केन्द्र स्थापनाले सेवा लिन सहज भएको स्थानीयवासी रामबहादुर विष्टले बताए । दुई गाउँका स्थानीयलाई…

विस्तृतमा...

सिरहा- लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीले ती कम्बल अस्पताललाई प्रदान गरेका हुन् । सो अवसरमा उनले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताए । उनले भने, “दिनानुदिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्नबाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यसबाट यहाँ बस्ने बिरामीले न्यानोसँग रात काट्नेछन् ।” शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र…

विस्तृतमा...

काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे । कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उनले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ,’ उनले भने । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले कान्ति…

विस्तृतमा...