स्वास्थ्य डायरी

भक्तपुर – किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ । बामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले आज सञ्चारकर्मीलाई यसबारेमा जानकारी दिँदै किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न लागिएको जानकारी दिए । किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएको हो । उनले यसै वर्षदेखि नै स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने बताए ।…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छन् । तरङ्गीनि फाउण्डेशनले शुक्रबारदेखि काठमाडौँमा आयोजना गरेको दुई दिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिए । मन्त्री गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क पेस गर्दै यसको न्यूनीकरणका लागि सरकार, समुदाय र परिवार सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । “तनाव, बेचैनी, एक्लोपन र आफ्नो भावना अभिव्यक्त गर्ने उपयुक्त वातावरण नहुँदा मानिसहरूमा आत्मविश्वास घट्दै गएको छ ।…

विस्तृतमा...

हेटाैँडा- पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुर लगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ । चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जस्वास्थ्य कार्यालयले जनाएको छ । दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धाहरु रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता बिरामीको चाप बढेकाे हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ५० देखि ६० जनासम्म अस्पताल आउने गरेको उनले बताए । जिल्लाको मनहरि अस्पताल, भीमफेदी स्वास्थ्य…

विस्तृतमा...

भोजपुर – यहाँको टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन् । अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माणको कूल…

विस्तृतमा...

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७५.२५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २०४ जनाले परीक्षा फारम भरेको र २०२ जना परीक्षामा सहभागी भएकोमध्ये १५२ जना अर्थात् ७५.२५ प्रतिशत चिकित्सक उत्तीर्ण भएको काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा.सतीशकुमार देवले जानकारी दिए । परीक्षामा सहभागी ५० जना चिकित्सकले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तह परीक्षा पास गरे पनि विशेषज्ञ लाइसेन्स परीक्षामा भने अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञसहित स्नातक तह (एमबिबिएस र बिडिएस) चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षा वर्षको तीनपटक लिने गरेको छ । आगामी विशेष परीक्षा चैत १९ र २० गतेका लागि तोकिएको काउन्सिलले जनाएको छ। परीक्षाको नतिजा नेपाल…

विस्तृतमा...

कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति (उपकुलपति) पदका लागि एक जनाले पनि आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कडा असन्तुष्टि व्यक्त गरेका छन्। विश्वविद्यालयले दुईपटक विज्ञापन जारी गरे पनि दाबेदार नदेखिएपछि मन्त्री पुन समाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्। मन्त्री पुनले फेसबुकमा लेखेका छन्, “सुदूरपश्चिम प्रदेश धनगढीनजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा. भई कम्तीमा १० वर्ष काम गर्नुभएको देशभक्त सन्तान हुनुहुन्छ भने आउनुस्, अथवा मलाई सम्पर्क गर्नुहोस्।” उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिले १५ कात्तिकदेखि १५…

विस्तृतमा...

काठमाडौँ– ललितपुरकाे हरिशिद्धिमा रहेकाे नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरले आफ्नो नयाँ वेबसाइट र एन्ड्रोइड एपमार्फत डाक्टरको अपोइन्टमेन्ट सजिलै लिन सकिने सुविधा सुरु गरेको छ। अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले प्रविधिको प्रयोगले बिरामी र डाक्टरबीचको दूरी घटाउने र बिरामीले आफूले चाहेको विशेषज्ञ रोजेर सहज रूपमा अपोइन्टमेन्ट लिन सक्ने वातावरण सिर्जना भएको बताए। मेडिकल डाइरेक्टर डा. विवेश राज घिमिरेले नयाँ प्रणालीले अस्पतालको डिजिटल सेवामा नयाँ आयाम थपेको बताए। अस्पतालका सीईओ कपिल गौतमले एप हाल एन्ड्रोइडमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा आइफोनमा पनि सेवा विस्तार गरिने जानकारी दिए। साथै, अस्पतालले क्यान्सर बिरामीलाई गुणस्तरीय औषधि घरमै उपलब्ध गराउने ‘मेडिसिन होम डेलिभरी’ सेवा…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरि बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताए । उनका अनुसार फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक नपर्ने हुन्छ । तर दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र…

विस्तृतमा...

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा.गौरीशङ्कर लाल दासले नेतृत्व गरेको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित बिपी नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख बिरामीलाई सेवा प्रदान गरेको छ । विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आयोजना गरेको १३ औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको सो अवधिमा प्रदान गरेको सेवाका बारेमा जानकारी दिइएको हो । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानको रुपमा सञ्चालित अस्पतालले आँखाको मात्रै नभई नाक, कान र घाँटीकोसमेत विशेषज्ञ चिकित्सकद्वारा उपचार हुँदै आएको जानकारी दिए । प्रतिष्ठानका लागि बागमती प्रदेश सरकारले रु ६० लाख यस प्रतिष्ठानका लागि पठाएको बताउँदै उक्त रकम नगरपालिकाले निकासा गर्ने उनले बताए । प्रतिष्ठानका…

विस्तृतमा...

तनहुँ- तनहुँमा ४५० जना एड्स सङ्क्रमित छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् । बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिए । चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । उनले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गरे । गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताए । एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङका अनुसार समाजको डरका…

विस्तृतमा...