स्वास्थ्य डायरी

काठमाडौँ- पेट तथा आन्द्रामा देखिने सुरुवाती अवस्थाका ट्युमर र क्यान्सरको उपचारमा अब ठूलो शल्यक्रिया अनिवार्य नहुने भएको छ । इन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन(इएसडी) नामक अत्याधुनिक प्रविधिबाट शल्यक्रिया नगरी नै आन्द्रा तथा पेटको भित्री तहमा रहेको ट्युमर निकाल्न सकिने भएको हो । ह्याम्स अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोलोजिस्ट तथा इन्टरभेन्सनल इन्डोस्कोपिस्ट डा. विवेककुमार पूर्वेका अनुसार इएसडी प्रविधि विशेषगरी पेट र आन्द्राको सुरुवाती चरणको क्यान्सर तथा ट्युमरका लागि अत्यन्त प्रभावकारी उपचार विधि हो । “इएसडी भनेको इन्डोस्कोपमार्फत आन्द्राको भित्री तहमा रहेको ट्युमरलाई सावधानीपूर्वक काटेर निकाल्ने प्रक्रिया हो । यसमा पेट चिरेर शल्यक्रिया गर्नुपर्दैन,” डा. पूर्वे भन्छन्, “यसले बिरामीलाई कम पीडा, कम जोखिम र छिटो निको…

विस्तृतमा...

जनकपुरधाम- सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, प्रशान्त मेडिकल हल बजरङ्ग चौक, राघव सजिर्कल पसल माछा बजार र कम्युनिटी सभिर्स अस्पताल वीरेन्द्र बजारलाई सिल गरिएको हो । कार्यालयले निजी अस्पतालसहित कूल दुई दर्जन औषधि पसलको अनुगमन गरेको थियो । जसमध्ये ११…

विस्तृतमा...

कालिकोट- कालिकोटको चिसो मौसम, त्यसमा पनि बर्थिङ सेन्टरमा सुत्केरी र नवजात शिशुका कपडा धुनुपर्ने बाध्यता। राजुली नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज अञ्जना धामी र उनको टोलीका लागि यो नियमित जसोको सास्ती थियो। हातै काटिने गरी चिसो पानीमा कपडा धोए पनि घाम नलाग्दा कपडा सुक्दैनथे, जसले गर्दा संक्रमणको डर उत्तिकै हुन्थ्यो। तर अब राजुली अस्पतालको यो पीडादायी अवस्था अन्त्य भएको छ। नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले लक्जम्बर्ग रेडक्रसको सहयोगमा अस्पताललाई १२ केजी क्षमताको ‘वासिङ मेसिन’ उपलब्ध गराएपछि त्यहाँका कर्मचारी र सेवाग्राहीमा खुसीयाली छाएको छ। नगर प्रमुख शङ्करप्रसाद उपाध्यायको विशेष पहलमा अस्पतालले वासिङ मेसिनसँगै इलेक्ट्रिक हिटर, बिरामी कुरुवाका लागि कुर्सी र पानी…

विस्तृतमा...

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा सुविधा सम्पन्न नगर अस्पताल भवन निर्माण भएको छ। चोरमारामा निर्माण गरिएको उक्त १५ शय्याको अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो। २०७९ मङ्सिरमा शिलान्यास गरिएको यो भवन तीन वर्षभित्रै निर्माण सम्पन्न भएको हो। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी निर्माण गरिएको यस अस्पतालमा ४२ वटा कोठाहरू रहेका छन्। दुई तले भवनमा बहिरङ्ग सेवा (ओपिडी), अत्याधुनिक ल्याब, अपरेसन थिएटर, फार्मेसी, वार्ड र चिकित्सक आवासको व्यवस्था छ। नवनिर्मित भवनबाट सेवा सुरु भएसँगै यस क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। नगर प्रमुख भीमलाल…

विस्तृतमा...

काठमाडौँ- एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । जारी पूँजी रु तीन अर्ब ५० करोड रहेको सो अस्पतालले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने जनाएको छ । संस्थापक समूहअन्तर्गत ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा…

विस्तृतमा...

बैतडी – बैतडीको पाटन नगरपालिकाले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ । नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो । चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । नगर क्षेत्रभित्र हाल ३६ एचआइभी सङ्क्रमित छन् । सो बजेटबाट सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराइने उनले बताए । “आर्थिक वर्ष २०७९/८० देखि एचआइभी संक्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ”, उनले भने, “यसैको निरन्तरताका लागि हामीले चालु आवमा पनि रु एक लाख विनियोजन गरेका छौँ ।” आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्त…

विस्तृतमा...

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाले पछिल्लो समय नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउँदै यस क्षेत्रमा उल्लेख्य सुधार गर्दै गएको छ । उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकललगायत कार्यक्रम सञ्चालन गर्दै नागरिकका घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने अभियानको सुरुआत गरेको हो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा गोपाल हमाल निर्वाचित भएपछि विसं २०७९ साउनदेखि उनले वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेका हुन्। ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरेसँगै आर्थिक अवस्था कमजोर भएका नागरिक लाभान्वित भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १५ हजार २३ जनाले सेवा लिएका उक्त कार्यक्रमका…

विस्तृतमा...

महोत्तरी- मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्नसम्म बाक्लो हुस्सुले ढाकेर चिसो बतास चल्न थालेसँगै गरिब बस्तीको बिजोग बढेको हो । “यतातिर गत बुधबारदेखि नै मध्यान्हसम्म बाक्लो हुस्सुले ढाक्दै आएको छ, लगातारको चिसो बतासले काममा निस्कन सकिएको छैन”, जिल्लाको सुदूर दक्षिणपूर्वी भेगको मटिहानी–८ का ३० वर्षीय युवा इसराफूल राइन भन्छन्, “यसले जीवन गुजारामै सकस बढाएको छ ।” जिल्लाको दक्षिणी क्षेत्रमा लाग्दो पुससँगै हुस्सु बढे पनि सुदूर उत्तरी क्षेत्रमा भने गत…

विस्तृतमा...

कैलाली- घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक तथा वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले मोतियाबिन्दु देखिएका सबै बिरामीको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने जानकारी दिए । “मोतियाबिन्दुको समस्या देखिएका सबै बिरामीलाई आइतबार र बिहीबार गेटा आँखा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ”, उनले भने, “बिरामीलाई सुख्खडबाट अस्पतालसम्म ल्याउन निःशुल्क सवारीसाधनको पनि व्यवस्था गरिएको छ ।” नेपाल नेत्रज्योति…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अंग र कार्यक्रमका रूपमा अघि बढाएको बताएकी छन्। विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनैपनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन्। आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको उनको जिकिर छ। राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवं पञ्चवर्षीय रणनीति र कार्यनीतिहरूमा पनि आयुर्वेदका कार्यक्रमहरू परेको बताइन्। ‘परम्परागत चिकित्सा पद्धतिको बारेमा कुनैपनि मन्त्रालयको नेतृत्व भएन। नयाँ मन्त्रालय भइदिए हुन्थ्यो भन्नेखालका कुरा पनि आयो ।…

विस्तृतमा...