काठमाडौं- विभिन्न माग राख्दै आमरण अनसनमा बसेका डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।
डाक्टर भुसाललाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले उनको जीवन रक्षाका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ। संघका अनुसार, “काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बसेका डा. कमल भुसालको स्वास्थ्यमा विभिन्न समस्याहरू देखा परेकाले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको छ। डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारलाई हार्दिक अनुरोध गर्दछौं।”
डा. भुसालले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका थिए।
Last Modified Date: २०८२ पुष १६, बुधबार







