स्वास्थ्य डायरी

काठमाडौँ- औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई मन्त्रालयमा हाजिर हुनेगरी जिम्मेवारी परिवर्तन गरेकी हुन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालमाथि चलखेल गरी औषधिको मूल्य वृद्धि गराएको आरोप लगाएका थिए। उक्त आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बिहान ढकालसँग स्पष्टीकरण मागेको थियो। यसैबीच, दिउँसो औषधि व्यवस्था विभागले औषधिको मूल्य सम्बन्धमा विज्ञप्ति जारी गर्दै आफ्ना तर्फबाट स्पष्टीकरण दिने प्रयास गरेको थियो। तर त्यसअघि नै मन्त्री मेहताले ढकाललाई मन्त्रालयमा तान्ने निर्णय गरिसकेकी थिइन्।

विस्तृतमा...

स्याङ्जा- बिरुवा गाउँपालिकाको तीन वटा वडामा तीन दिनसम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गत २३ देखि २५ चैतसम्म चलेको शिबिरको मुख्य आयोजक गाउँपालिका थियो ।तर शिविरका लागि समन्वय तथा प्राविधिक व्यवस्थापनको जिम्मा सह आयोजकको रुपमा रहेको बीएम फाउण्डेशनले लिएको थियो । उक्त शिविरमा गरिमा विकास बैंक तथा ताइवान प्रिभेन्ट ब्लाइन्डनेश (टीपीबी) फाउण्डेशन साथै कान्तिपुर डेन्टल कलेज लगायतका संस्थाको सहयोग थियो । बीएम फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले तीन दिनसम्म चलेको शिविरमा ५१४ जनाको आँखा परीक्षण भएको बताए । उनले परीक्षणबाट ४० जनाको आँखामा मोतिविन्दु भएको पाइएको जानकारी दिए । डा. श्रेष्ठले उनीहरुको थप उपचारका लागि फाउण्डेशनले…

विस्तृतमा...

काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सकहरूलाई औषधिको जेनेरिक नाम लेख्नुपर्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले पुनः प्रकाशित विज्ञप्तिमार्फत नेपालमा हालको औषधि प्रणाली, नियमन अवस्था र गुणस्तर मापनका चुनौतीहरूलाई औंल्याउँदै जेनेरिक नाम मात्र लेख्ने नीति व्यवहारिक नभएको जनाएको हो। संघका अनुसार औषधि उत्पादन तथा बिक्री वितरण तीन प्रकारका हुन्छन्, ब्रान्डेड, ब्रान्डेड जेनेरिक र जेनेरिक। नेपालमा औषधि व्यवस्था विभागमा जेनेरिक औषधि अलग रूपमा दर्ता नहुने र अधिकांश औषधि ब्रान्डेड जेनेरिककै रूपमा बजारमा आउने भएकाले सबैलाई जेनेरिक भन्नु व्यवहारिक रूपमा उपयुक्त नहुने संघको तर्क छ। संघले जेनेरिक नाममा औषधि लेख्दा विभिन्न कम्पनीका उत्पादनहरूको गुणस्तर फरक हुन सक्ने र त्यसले बिरामीको उपचारमा असर…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवस्था विभागले औषधिको मूल्य सम्बन्धमा हालै उठेका विवाद र सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले बिहीबार विज्ञप्ति जारी गर्दै औषधिको मूल्य निर्धारण प्रक्रिया पारदर्शी र वैज्ञानिक आधारमा भइरहेको स्पष्ट पारेको हो। विभागका अनुसार औषधि ऐन, २०३५ को दफा २६ बमोजिम आवश्यक ठानेमा नेपाल सरकारको स्वीकृतिमा औषधिको मूल्य निर्धारण गर्न सकिने व्यवस्था रहेको छ। सोही आधारमा हालसम्म ११७ प्रकारका औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको जनाइएको छ। अन्य औषधिहरूको मूल्य भने सरकारले निर्धारण नगरेको विभागले उल्लेख गरेको छ। औषधिको मूल्य निर्धारण गर्दा औसत ), मध्यम, सन्दर्भ मूल्य र तुलनात्मक मूल्य जस्ता सूचकलाई आधार मानिने…

विस्तृतमा...

काठमाडौं- श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिएको विवादपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्। रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नी जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि विस्तृत अध्ययनपछि साहलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टीलाई बुझाएको थियो। उक्त गतिविधिले पार्टीको छवि, आदर्श र मर्यादामा गम्भीर असर पर्ने ठहर गर्दै सभापति लामिछानेले आयोगको प्रतिवेदनसहित प्रधानमन्त्रीसमक्ष…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ जारी गरेको छ । अस्पतालहरूको सेवा प्रवाहलाई गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले उक्त कार्यविधि लागू गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ कार्यविधिले सरकारी तथा सार्वजनिक अस्पतालहरूमा सेवा व्यवस्थापन, बिरामीमैत्री व्यवहार, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेको छ । अस्पतालहरूमा सेवा लिने बिरामीलाई सहज पहुँच सुनिश्चित गर्न, प्रतीक्षा समय घटाउन र उपचार प्रक्रियालाई व्यवस्थित बनाउन विशेष जोड दिइएको छ । कार्यविधिमा अस्पतालको भौतिक पूर्वाधार सुधार, आवश्यक जनशक्ति व्यवस्थापन, उपकरणहरूको उचित प्रयोग तथा नियमित अनुगमनको व्यवस्था गरिएको छ । साथै, सेवा गुणस्तर मापनका लागि मापदण्ड निर्धारण गरी मूल्यांकन प्रणालीलाई…

विस्तृतमा...

गण्डकी- गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा भएको छ। जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिए । कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४ दशमलव ०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको सङ्ख्या तीन लाख ३५ हजार ५०५ रहेको छ । पचहत्तर प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ।…

विस्तृतमा...

कैलाली- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गर्ने तयारी गरिएको बताए। विश्वविद्यालयका सहकुलपतिसमेत रहेका मन्त्री पोखरेलको अध्यक्षतामा हिजाे बसेको विश्वविद्यालय सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गरिनुपर्छ भन्नेमा सरकार लागेको स्पष्ट पारे। उनले भने, ‘शिक्षा, स्वास्थ्यको विषय सरकारको प्राथमिकतामा छ, यो विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पढाई सुरु गर्नुपर्छ भन्नेमा सरकारले प्राथमिकता दिएको छ, आर्थिक हिसाबले कुनै पनि कमीकमजोरी नहोस् भन्नेमा प्रधानमन्त्रीको निर्देशन पनि छ।’ राज्यको आर्थिक स्रोतमा केही कठिनाई देखिए पनि यो विश्वविद्यालयमा आगामी शैक्षिक शत्रदेखि पठनपाठन सुरु गर्ने तयारी गरिएको उनले बताए। विश्वविद्यालयका…

विस्तृतमा...

जुम्ला – जुम्लाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको कालीकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिमबहादुर खत्रीले जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय बुबा कलबहादुर अधिकारीलाई नेपालगन्ज लैजाने क्रममा छोरा भीमबहादुरको सोही दुर्घटनामा…

विस्तृतमा...

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले बर्सेनि अर्बौँको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् । संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् । प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०७६/०७७ मा विभागले नयाँ दर्ता तथा नवीकरण गर्दा १ सय ९० वटा ब्राण्डका औषधिमध्ये ८८ वटामा करिब ३४ प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाइएको छ । यसरी बढाइएको मूल्य सम्बन्धित देशले तोकेको मूल्यभन्दा पनि बढी रहेको खत्रीले उल्लेख गरे । औषधि ऐन, २०३५ अनुसार…

विस्तृतमा...