
काठमाडौं – नेपाल सरकारले २३ प्रकारका नयाँ औषधि तथा समिश्रण प्रयोगका लागि बाटो खुला गरेको छ । औषधि व्यवस्था विभागले औषधि सल्लाहकार समितिको निर्णयअनुसार नयाँ औषधि (न्यू मोलिक्युल) र समिश्रणहरू अनुमोदन गरिएको सूचना सार्वजनिक गरेको हो ।
विभागले औषधि सल्लाहकार समितिको ५८औँ बैठकको निर्णयअनुसार २३ प्रकारका नयाँ औषधि तथा समिश्रणहरू विभिन्न रोग तथा अवस्थाहरूमा प्रयोग गर्न स्वीकृति दिइएको जनाएको छ ।
विभागका अनुसार अनुमोदित औषधिहरूलाई प्रचलित कानुनी प्रक्रिया र मापदण्ड पूरा गरी दर्ता गर्न सकिनेछ । विभागीय निर्णयअनुसार अब सम्बन्धित कम्पनी वा निकायले आवश्यक प्रक्रिया पूरा गरेपछि ती औषधिहरू नेपालमा प्रयोगमा ल्याउन सक्नेछन् ।





