काठमाडौं- बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले स्वास्थ्य क्षेत्रमा कडा नीति प्रस्ताव गरेको छ। मार्गचित्रमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले अनिवार्य रूपमा ५ वर्ष सरकारी सेवामा काम गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिइएको हो। प्रस्तावअनुसार कबुलियतनामा अनुसारको ५ वर्ष सेवा पूरा नगरेसम्म स्थायी चिकित्सक अनुमति पत्र (लाइसेन्स) जारी नगर्ने तथा जारी भइसकेको भए खारेज गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। यसलाई कार्यान्वयन गर्न स्पष्ट कानुनी संयन्त्र निर्माण गर्न मार्गचित्रले जोड दिएको छ। सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले २०८२ पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिले चैत…
स्वास्थ्य डायरी
काठमाडाैं- नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघ (एनएमएसआरए), नेपालगञ्ज युनिटले औषधि प्रतिनिधिहरूको पेशागत अधिकारमाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमक्ष हार्दिक अपिल गरेको छ। संघले चैत २७ गते मन्त्रीलाई पठाएको पत्रमा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालजस्ता संस्थाहरूले औषधि प्रतिनिधिहरूलाई कार्यालय समयमा अस्पताल परिसरमा प्रवेशमा रोक लगाउने तथा चिकित्सकलाई औषधिको जेनेरिक नाम मात्र लेख्नुपर्ने व्यवस्था लागू गरेकोप्रति आपत्ति जनाएको छ। यस्तो निर्णयले एक मर्यादित पेशालाई नै संकटमा पारेको संघको भनाइ छ। संघका अनुसार अस्पताल प्रशासनका यी निर्णय संविधानको धारा १७ (२) (च) अन्तर्गत सुनिश्चित गरिएको पेशा, रोजगार तथा व्यवसाय सञ्चालन गर्ने मौलिक हकविपरीत छन्। यस कदमले…
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको आज शल्यक्रिया हुँदैछ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीको शल्यक्रिया गर्न लागिएको हो । उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजका लागि तय गरेका थिए। पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ। उनको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको बताइएको छ। चैत १४ गते प्रहरीले गुण्डुस्थित निवासबाट ओलीलाई पक्राउ गरेको थियो। स्वास्थ्य अवस्थाको कारण देखाउँदै उनलाई सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सर्वोच्च अदालतले…
म्याग्दी- बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बेनी नगरपालिकाले मङ्गलाघाटमा उक्त केन्द्र सञ्चालन गरेको हो। यस केन्द्रबाट बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र वडा नं ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन्। पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताए। “सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई सामान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप तथा चिनी रोग परीक्षण गराउन असहज हुने गरेको थियो,” उनले भने, “टोलमै स्वास्थ्य केन्द्र स्थापना भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर…
बाँके – डुडुवा गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन भएको छ । डुडुवा गाउँपालिका–२ बेतहनी स्वास्थ्य केन्द्रमा निर्मित भवनबाट सेवा सञ्चालन भएको हो । मेडिकल अधिकृत डा रामगोपाल तिवारी नेतृत्वको १८ सदस्यीय टोलीले चौबिसै घण्टा सेवा सुरु गरेको हो । अस्पतालमा आधुनिक प्रयोगशाला, औषधि बिक्री कक्ष, एक्स–रे, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छ । सरकारले निर्धारण गरेको मापदण्डअनुसार विपन्न, गरिब, असहाय र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार तथा औषधि वितरण र अन्यलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराइने डा तिवारीले बताउनुभयो । डुडुवा गाउँपालिकाले विगतमा झैँ यस वर्ष पनि घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार स्वास्थ्य बीमा बोर्डका सदस्य नियुक्ति, बैठकमा उपस्थितिलगायतका विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएका विवरणहरूलाई लिएर उनीहरूसँग स्पष्टीकरण सोधिएको हो। विशेषगरी बोर्डको निर्णय प्रक्रिया, माइन्युट मिलाउने काम तथा उपस्थितिसम्बन्धी कागजात व्यवस्थापनमा कर्मचारीहरूको भूमिकाबारे प्रश्न उठेपछि मन्त्रालयले औपचारिक रूपमा चासो देखाएको हो। मन्त्रालयको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दिपेन्द्र दहालद्वारा हस्ताक्षरित पत्रमा डा. सापकोटा र डा. पौडेललाई उक्त घटनामा आफ्नो…
काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले अस्पताल परिसरभित्र मेडिकल प्रतिनिधिहरुको प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ। अस्पताल प्रशासनले सोमबार एक सूचना जारी गर्दै ओपीडी, आकस्मिक कक्ष तथा वार्डहरूमा औषधि तथा औषधिजन्य सामग्रीका कम्पनीका प्रतिनिधिहरूको अनावश्यक गतिविधिका कारण बिरामी उपचार सेवामा असहजता भएको गुनासो बढेको जनाएको छ। सूचनाअनुसार वैशाख १ गतेदेखि कार्यालय समयभित्र औषधि बिक्री–वितरण उद्देश्यले मेडिकल प्रतिनिधिहरूलाई अस्पताल परिसरभित्र प्रवेश गर्न नदिने व्यवस्था लागू गरिनेछ। अस्पतालका प्रमुख भोजराज भट्टद्वारा जारी सूचनामा बिरामी तथा उनीहरूका आफन्तबाट सेवा प्रवाह प्रभावित भएको गुनासो आएको उल्लेख गरिएको छ। अस्पताल प्रशासनले यो निर्णय सम्बन्धित सबै विभाग, शाखा, वार्ड, ओपीडी र युनिटहरूलाई जानकारी गराउँदै कडाइका साथ…
काठमाडौं- सरकारी अस्पतालहरूमा आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू भएपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले मन्त्रालयले नयाँ व्यवस्था गरेको जनाएको छ। मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार र जनशक्ति अवस्थालाई हेरी आइतबार ओपीडी सेवा सञ्चालन गर्न सक्नेछन्। यस व्यवस्था लागू गर्दा स्वास्थ्यकर्मीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने वा आवश्यक परे सट्टा बिदा उपलब्ध गराउने…
गुल्मी- गुल्मीको धुर्कोट वस्तुदेखि तम्घाससम्म नियमित जीप चलाउने चालक राजु श्रेष्ठको जीप आज बिहान प्रहरीको समूहले तम्घासको उदिनढुङ्गामा रोक्यो । उनी आफूले बढी यात्रु नराखेको र मापसे नगरेको कारण प्रहरीसँग ढुक्क थिए। तर प्रहरीले गाडी साइड लगाएर श्रेष्ठलाई आँखा जाँच गर्न पठायो । उनले प्रहरीबाट यात्रु सङ्ख्या, बिलबुक, लाइसेन्स जाँच गर्ने अनुमान गरेका थिए । श्रेष्ठको अनुमानको ठीक विपरीत भयो । केहीबेरमै उनको आँखा परीक्षण गरियो। “एकथोक सोचेरे गाडी रोकेको, आँखा परीक्षण गरियो, प्रहरीले राम्रो गर्याे”, उनले भने, “आँखा जाँच गराउन पाउँदा खुसी लागेको छ ।” जैसिथोक–तम्घास सवारी चलाउने चालक मीनबहादुर खत्रीको पनि आज सडकमै आँखा परीक्षण भयो । एकाएक…
-डा. दिपेन्द्र पाण्डे हालै सार्वजनिक भएको एक अध्ययनले नेपालको औषधि प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। परीक्षण गरिएका करिब १५ प्रतिशत औषधिहरू कमसल गुणस्तरका भेटिनु केवल तथ्य मात्र होइन, यो हाम्रो स्वास्थ्य सुरक्षामाथिको ठूलो चुनौती हो। अझ चिन्ताजनक पक्ष के छ भने, तीमध्ये ६२ प्रतिशत औषधि सरकारी स्वास्थ्य संस्थाहरूबाट वितरण गरिने रहेका छन्। यसको अर्थ, राज्यको स्वास्थ्य सेवामाथि निर्भर विपन्न नागरिकहरू नै सबैभन्दा बढी जोखिममा छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारको मौलिक हक सुनिश्चित गरेको छ। तर जब नागरिकले प्रभावहीन वा कमसल औषधि सेवन गर्न बाध्य हुन्छन्, त्यो हक कागजमै सीमित हुने खतरा उत्पन्न हुन्छ। उपचारको नाममा रोग निको पार्नुको…

