स्वास्थ्य डायरी

काठमाडौँ- नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप दिइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको खोप सप्ताह कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप प्रदान गर्न थालेको स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । “खोप सप्ताहमा नियमित खोप लगाउन बाँकी बालबालिकालाई खोजेर खोप दिँदैछौँ,” उनले भने, “अभिभावकलाई नजिकैको स्वास्थ्य संस्थामा गएर आफ्ना बालबालिकलाई खोप लगाउन आग्रह गर्दछौँ ।” ‘खोज र खोप लगाऊ’अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने उनले जानकारी दिए । शाखा प्रमुख डा.गौतमका…

विस्तृतमा...

चितवन- चितवनमा डेंगुभन्दा स्क्रब टाइफस संक्रमणका बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको दैनिक अद्यावधिक विवरणअनुसार गत साउनदेखि हालसम्म जिल्लामा डेंगु संक्रमितको संख्या २ सय ६० पुगेको छ । उता स्क्रब टाइफस संक्रमितको सङ्ख्या भने ३ गुणा बढी अर्थात् ७ सय ८३ जना पुगेका छन् । कार्यालयको बिहीवारको तथ्याङ्क अनुसार हालसम्म डेंगु परीक्षण १० हजार २ सय ६ जनामा गरिएको छ भने स्क्रब टाइफस परीक्षण १० हजार ९ सय १० जनामा गरिएको छ । सो परीक्षणको क्रममा माथि उल्लेखित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्थानीय तहअनुसार सबैभन्दा धेरै डेंगु संक्रमित रत्ननगरमा, कहाँ कति ?…

विस्तृतमा...

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल रहनुभएको छ। प्राडा अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुनुहुन्छ। विश्वविद्यालयका अनुसार समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन २०८२ बमोजिम गठन गरिएको हो। बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै छ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र…

विस्तृतमा...

विराटनगर- विराटनगरमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले विराटनगर महानगरपालिका–३ स्थित भाडाको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा मोरङको बुढीगंगा गाउँपालिका–२, गंगाचोकका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनीहरूको कोठामा गरिएको खानतलासीका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला पारेको हो। बरामद गरिएका सामग्रीमध्ये ट्रामाडोल ३ हजार ९ सय ९० पिस र डाइसाइक्लोमाइन ३ हजार ९ सय ७० पिस रहेका छन्। दुवै…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षण गर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक पत्र जारी गर्दै अस्पतालको जग्गामा भएका अतिक्रमण हटाउन र साँध–सिमाना सुरक्षित गर्न तत्काल कदम चाल्न निर्देशन दिएको हो । मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुलुकभरका प्रमुख अस्पताल, शैक्षिक प्रतिष्ठान र केन्द्रहरूलाई पत्र पठाउँदै आफ्नो जग्गाको वस्तुस्थिति स्पष्ट पार्न भनेको छ । निर्देशनअनुसार अस्पतालहरूले स्वीकृत नक्सा बमोजिम आफ्नो सिमाना यकिन गर्नुपर्नेछ र जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको…

विस्तृतमा...

सिन्धुली- सिन्धुलीमा जंगली च्याउको तरकारी खाँदा तीन परिवारका पाँच बालबालिकासहित ६ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ मरिण गाउँपालिका-३ नक्कली भन्ने स्थानमा बस्ने सुजन विक, अर्जुन विक र रवी विकका परिवारका सदस्य च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। बिरामी हुनेमा सुजन बिककी छोरी वर्ष १४ की संगिता सेन्चुरी, १६ वर्षीय छोरा मिलन सेन्चुरी, अर्जुन विककी छोरी ९ वर्षीया ऋतिका विक, अर्जुन विककी छोरी वर्ष १० की सुमित्रा विक, रवी विकका छोरा वर्ष ६ का कपिल विक र सोही ठाउँकी ७० वर्षीया हस्त माया विक विरामी परेका हुन्। च्याउको…

विस्तृतमा...

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन दुई हजार ७५ नागरिकको विवरण सङ्कलन गरेको छ। काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सर्वेक्षणमा दुई हजार ७५ जनाको विवरण सङ्कलन गर्दा १०८ जनालाई तत्काल अस्पताल लगेर उपचार गर्ने अवस्था भेटिएका महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दिपककुमार केसीले जानकारी दिए। यही वैशाख २३ गतेसम्ममा सङ्कलित विवरण हेर्दा एक हजार ३७० महिला र ७०५ पुरुषको विवरण सङ्कलन भएको छ । उनीहरुमध्ये एक हजार ९४६ जना हाल परिवारसँगै छन् । एक सय ८ जना सहयोगीबाट साथ लिएर एक्लो जीवन बिताइरहेका छन् । आफन्त र नातेदारको आश्रयमा २१ ज्येष्ठ नागरिक छन्। सत्तरी वर्ष…

विस्तृतमा...

सिरहा- सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । “आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाउन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उनले भने । अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा…

विस्तृतमा...

मोरङ – विराटनगरस्थित कोशी अस्पतालमा गरिएको अनुगमनका क्रममा एक सय ७७ जना चिकित्सक, कर्मचारी तथा प्राविधिक अनुपस्थित भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार गरेको अनुगमनका क्रममा हाजिर अभिलेख जाँच गर्दा अस्पताल प्रशासनलाई कुनै जानकारी नदिई ती कर्मचारी कार्यालय समयमा अनुपस्थित रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए । अस्पतालमा चिकित्सक तथा कर्मचारीहरू नियमित रूपमा कार्यालय समयमा अनुपस्थित रहने गुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन टोलीले हाजिर रजिस्टर, ड्युटी व्यवस्थापन तथा कर्मचारी उपस्थितिको अवस्थाबारे समेत अध्ययन गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार अस्पताल प्रशासनलाई जानकारी…

विस्तृतमा...

काठमाडौं – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गर्दै ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ बनाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ स्वीकृत गरेसँगै मन्त्रालयको नयाँ संरचना लागू गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउनेछ। नयाँ व्यवस्थाअनुसार स्वास्थ्य मन्त्रालयले अब स्वास्थ्य सेवासँगै खाद्य सुरक्षासम्बन्धी जिम्मेवारी पनि सम्हाल्नेछ। सरकारले मन्त्रालय पुनर्संरचना गर्दै संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको छ। पुनर्संरचनाअन्तर्गत सहरी विकास, युवा तथा खेलकुद, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, खानेपानी तथा वन तथा वातावरण मन्त्रालय खारेज गरिएको छ।…

विस्तृतमा...