

एजेन्सी : सिंगापुरका अधिकारीहरूले एभरेस्टको फिस करी बजारबाट फिर्ता बोलाउन आदेश जारी गरेका छन् । मसलामा अनुमति दिन मिल्ने सीमाभन्दा बढी इथालिन अक्साइड नामक विषादी भेटिएको भन्दै सो आदेश जारी गरिएको हो ।
सिंगापुरको फूड एजेन्सी (एसएफए)ले बिहीबार जारी विज्ञप्तिमा सिंगापुरमा सो मसला आयात गर्ने कम्पनी एसपी मुथिह एन्ड सन्स प्रालिलाई बजारबाट सारा मसला फिर्ता बोलाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।
इथालिन अक्साइडलाई सिंगापुरमा खानेकुरामा प्रयोग गर्ने अनुमति नदिइएको एसएफएले बताएको छ । थोरै मात्रामा इथालिन अक्साइड भएको खानेकुरालाई खाँदा तत्कालै स्वास्थ्य समस्या नदेखिने भए पनि लामो समयसम्म सेवन गरिरहँदा स्वास्थ्यमा जटिलता आउन सक्ने बताइएको छ ।
।


